मंसिर ६ सन्धिखर्क
नेपाल कम्युनिस्ट पार्टी एमाले सन्धिखर्क नगरकमिटि अर्घाखाँचीकाे प्रथम पूर्ण बैठक सन्धिखर्कमा बिहिबार सम्पन्न भएकाे छ ।
पार्टी अध्यक्ष कुशल भुसालकाे अध्यक्षता सचिव तुल्सी रायमाझीकाे सन्चालणन र उपाध्यक्ष नारायण खड्काकाे स्वागतमा नेकपा एमाले केन्द्रीय कमिटी सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रीकाे प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको छ ।
बैठकमा प्रमुख अतिथि केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, लुम्बिनी प्रदेश सचिवालय सदस्य प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, जिल्ला अध्यक्ष पिताम्बर भुसाल,प्रदेश कमिटी सदस्य तथा नगर ईन्चार्ज के.बि.भुसाल, लगाएतले निर्देशनात्मक मन्तब्य राख्दै बैठकले पारित गरेका निर्णयहरू र प्रदान गरेकाे जिम्मेवारी अनुशासित रूपमा कार्यन्वयन गर्न निर्देशन गर्नु भएको छ ।
बैठकमा जिल्ला कमिटी उपाध्यक्ष शम्भु प्रसाद पाेख्रेल,सचिव ताेज बहादुर रायमाझी ,कार्यालय सचिव लिल बहादुर बि.क.प्रदेश निर्वाचन क्षेत्र नं.१ का राम बहादुर रायमाझी,२ का संयाेजक युवराज श्रेष्ठ ,लुम्बिनी प्रदेश सल्लाहकार बाबुराम आचार्य ,बुद्धिराम भुसाल , जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगरपालिका उप प्रमुख मिश्रा आचार्य ,नगर समन्वय कर्ता ,माेतिजङ् रायमाझी ,लेखा समिति सदस्य मेनुका पाैडेल, जिल्ला कमिटी सदस्य बिष्णु परियार,खुविराम आचार्य ,लक्ष्मण पराजुली ,शुष्मा श्रेष्ठ,कमला खनाल भण्डारी ,भरत न्याैपाने ,देवी थापा भुसाल र पार्टीका विभिन्न वडाका अध्यक्षहरूको समेत आतिथ्यता रहेको थियो ।
बैठकले कार्तिक ३ गते सम्पन्न नगर अधिबेशनको समिक्षा , जिल्ला कमिटी परिपत्र अध्ययन र बडा कमिटिहरूकाे अधिवेशन सम्बन्धमा महत्वपूर्ण निर्णयहरू लिएकाे छ ।
जस अनुसार मंसिर १३ गते बडा नं. ३, ४ र ७ काे अधिबेशन, १५ गते वडा नं. १ र २ साथै वडा नं. ८,९,१०,११,१२ का बडा अधिवेशनहरू र १६ गते वडा नं ६ र ७ काे वडा अधिवेशन सम्पन्न गर्ने निर्णय लिएको छ ।
बैठकमा नगर अधिवेशनमा निर्वाचित हुनु हुने हरूलाई प्रमाणपत्र पत्र प्रदान गरेकाे छ ।
प्रतिकृया दिनुहोस्