Web Design In Nepal

घरेलु टोली श्रीलङ्का र न्युजिल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल रद्द

मंग्सिर ७, २०८१ शुक्रबार 90

काठमाण्डौ – घरेलु टोली श्रीलङ्का र न्युजिल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल रद्द भएको छ । पाल्लिकेलेमा हिजो भएको खेल वर्षाका कारण पुरा हुन नसकेपछि रद्द भएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले २१ ओभरमा १ विकेट गुमाएर एक सय १२ रन बनाउँदा खेल रोकिएको थियो । तीन खेलको शृङ्खला घरेलु टोली श्रीलङ्काले यसअघि नै २–० ले जितिसकेको थियो ।

गएको बुधवार भएको पहिलो खेलमा न्युजिल्याण्ड डीएल पद्धतिमा ४५ रनले र आइतवार भएको दोस्रो खेलमा तीन विकेटले पराजित भएको थियो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्