Web Design In Nepal

बालेन शाह र उपप्रधानमन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता

मंग्सिर १३, २०८१ बिहिबार 133

काठमाडौ ,एमालेसँग जुधिरहेको बेला उपप्रधानमन्त्री सिंहसँग बालेनको भेटवार्ता
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । केही दिनअघि नै सिंह र बालेनबीच भेटवार्ता भएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारको समन्वयमा सिंह र बालेनबीच भेटवार्ता भएको हो । उनीहरुबीच काठमाडौं महानगरपालिकाभित्रको फोहोरमैला व्यवस्थापन, सहरी व्यवस्थापन, सौन्दर्यीकरण र संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच समन्वयको विषयमा छलफल भएको छ।

२/३ दिन अगाडि नै उपप्रधानमन्त्री सिंह र बालेनबीच भेटर्वार्ता भएको तर, उक्त भेटर्वार्ताको फोटो भने वडाध्यक्ष तण्डुकारले समाजिक सञ्जाल फेसबुक मार्फत बुधबार साँझ मात्र सार्वजनिक गरेका छन्।

बालेन यतिबेला दरबारमार्गमा फोहोर गरेको विषयमा सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेसँग जुधिरहेका छन् । गत साता एमालेले काठमाडौंमा आयोजना गरेको जागरण सभामा फोहोर गरेको भन्दै महानगरले एमालेलाई १ लाख जरिवाना तिराएको थियो । तर, एमालेले उक्त जरिवाना नतिनेृ बताउँदै आएको छ । पार्टी कार्याल्यमा जरिवाना पत्र लिएर पुगेका महानगरको टोलीलाई एमालेले रित्तोहात फर्काएपछि बालेनले हुलाकमार्फत जरिवाना पत्र पठाएका छन् ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्