Web Design In Nepal

पुष्पकमल दाहालको सचिवालयले कांग्रेसका महामन्त्री गगनकुमार थापालाई फर्कायाे जवाफ ।

मंग्सिर १३, २०८१ बिहिबार 143

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालई जवाफ फर्काएको छ ।

यसअघि बिहीबार कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले माओवादी अध्यक्ष दाहालले हप्तैपिच्छे ‘प्रधानमन्त्री बनिदिनुस्’ भनेर खबर पठाउने गरेको बताएका थिए ।

यसको जवाफमा प्रचण्ड सचिवालयले भनेका छन्, ‘माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ ।’

दाहालका स्वकीय सचिव रमेश मल्लले यस्तो अभिव्यक्ति दिने महामन्त्री थापालाई कीर्तिपुरमा कांग्रेसको ओरालो बाटो देखेर बोलेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘महामन्त्री जी, कीर्तिपुरको निर्वाचनमा कांग्रेसको ओरालो बाटो तपाईंको मनोदशाबाट राम्रैसङ्ग छचल्किएछ ।’

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्