Web Design In Nepal

सरकारले ऊखुको समर्थन मूल्य बढायाे।

मंग्सिर १३, २०८१ बिहिबार 107

काठमाडौं ,बिहीबारको मन्त्रिपरिषद बैठकले उद्योगी (ऊखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल २० रूपैयाँले वृद्धि गरेको हो। जस अनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रूपैयाँ ऊखु मिलबाट पाउने छन्।

सरकारले ऊखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ऊखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन्।
तर मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकमपछि निर्धारण गर्ने मन्त्रिपरिषदले निर्णय गरेको कृषि मन्त्री रामनाथ अधिकारीको सचिवालयले जनाएको छ।

सरकारले यसअघि प्रतिक्विन्टल ७० रूपैयाँ अनुदान दिएको थियो।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्