Web Design In Nepal

कालिका जिल्ला स्तरिय कविता प्रतियोगिताकाे उपाधि अक्सफोर्डका पवन अधिकारीलाई

पुष ४, २०८१ बिहिबार 368

बुटवल। कालिका मानव ज्ञान माविको ६४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विहिबार जिल्ला स्तरिय कविता प्रतियोगीता र चौथो कालिका सिंगीङ्ग आईडल सम्पन्न भएका छन् ।

विद्यालयमा आयोजना गरिएको स्व.शेरबहादुर गुरुङ स्मृति अक्षयकोषबाट सञ्चालित जिल्ला स्तरिय कविता प्रतियोगितामा अक्सफोर्ड बोर्डिङ स्कुलका पवन अधिकारी प्रथम भएका छन् । उनले नगद १३ हजार समेत प्राप्त गरे। यस्तै कालिका मानव ज्ञान माविकी मनिषा पराजुली द्वितीय भईन् । उनले ९ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरिन् । न्यु होराइजन इङ्लिस बोर्डिङ स्कुलका विशेषजन कार्की तृतीय भए उनले ७ हजार सहित प्रमाणपत्र प्राप्त गरे । क्यानन बोर्डिङ स्कुलका बसन्त यादव सान्त्वना स्थान हासिल गरि नगद ४ हजार रुपैयाँ प्राप्त गरेको विद्यालयका अतिरिक्त क्रियाकपाल प्रमुख विवेकराज पोखरेलले जानकारी दिए ।
कालिका मानवज्ञान मावि मा अध्यायनरत विद्यार्थीहरु मध्येबाट उत्कृष्ठ १० जनाको विचमा गरिएको चौथो कालिका सिंगीङ्ग आइडलको उपाधी भने प्रीया खत्रीले प्राप्त गरेकी छिन् ।उनले नगद १८ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गरिन् । स्व.मन्दिरा गलामी अक्षयकोषबाट कालिका सिंगिङ आइडल आयोजना गरिएको हो । आइडलमा सागर श्रीपाली द्वितीय हुँदै नगद १२ हजार सहित पुरस्कृत भए ।

विवेक खराल तृतीय हुदै ८ हजार र उपमा पाण्डे सान्त्वना स्थान हासिल गर्दै ५ हजार नगद प्राप्त गरिन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सल्लाहकार तथा बुटवल कालिका क्याम्पसका अध्यक्ष होम गलामीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बरिष्ठ साहित्यकार तथा प्रदेश सकारका शिक्षा विज्ञ दलबहादुर गुरुङ, अक्षयकोष दाताका प्रतिनिधि अशोक गुरुङ र गिरिप्रसाद गलामी लगायतको विशिष्ठ आतिथ्यता रहेको थियो । कविता प्रतियोगीतामा २० वटा विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख एवम विवेकराज पोखरेलले गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सिन्धुली कला केन्द्रका नौमती बाजा समूहको उत्कृष्ट प्रस्तुति समेत रहेको थियो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्