Web Design In Nepal

भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस, त्रिभुवन आर्मी र गुजरात स्टेट विजयी

पुष २०, २०८१ शनिबार 137

बुटवल, २० पुस । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को शनिबार भएको खेलमा विभागिय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गुजरात स्टेटले जित निकालेको छ । बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा भएको पहिलो खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबमाथि ३–१ को सेटको जित निकालेको हो । निक्कै प्रतिस्प्रर्धात्मक खेलको पहिलो सेट पुलिसले २५–१५ अंकका साथ जित निकालेको थियो । दोस्रो सेट भने मणिमुकुन्दले २५–२० को अंकका साथ जित निकाल्दै बराबरीमा ल्यायो । त्यसपछि भने पुलिस खेलमा लगातार तेस्रो र चौथो सेट २५–२० र २५–१८ अंकका साथ जित निकाल्दै खेल आफनो पोल्टामा पारेको थियो ।

यसैगरि शनिबार नै भएको अर्को खेलमा भारतको गुजरातले विभागिय टिम एपिएफलाई ३–१ का साथ पराजित गरेको छ । एपीएफले पहिलो सेट २५–२१ अंकका साथ जित निकाल्दै अग्रता गरेको भएपनि त्यसपछि गुजरात खेलमा हाबी भयो । गुजरातले लगातार २५–१८,२५–१५, २५–१८ अंकले जित निकाल्यो । यसैगरि तेस्रो खेलमा विभागिय टिम त्रिभुवन आर्मीले गल्कोट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागीता रहेको छ । जसमा समुह ‘ए’ मा नेपाल पुलिस प्रहरी, मणिमुकुन्द भलिवल क्लब, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी रहेका छन् भने समुह ‘बि’ मा नेपाल एपिएफ क्लब, नेपाल आर्मी, गल्कोट भलिवल क्लब, र गुजरात प्रदेश भलिवल एशोसियसन,भारत रहेका छन् ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्