Web Design In Nepal

स्थानीयसँग झडप भएपछि प्रहरीले गर्याे हवाई फायर

पुष २१, २०८१ आइतबार 84

सर्लाही । सर्लाहीमा स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरीसँग स्थानीय युवाहरुको विवाद भएपछि तनाव सिर्जना भएको थियो ।

चेकिङका क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको मधेश प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले बताए ।

सोही क्रममा राननगर गाउँपालिका–५ वडाध्यक्ष श्रीनन्दन यादवसहि सहितको टोलीले चेकिङलाई अवरोध गर्न खोजेका थिए । सोही क्रममा उनीहरुको आक्रमणबाट प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट समेत लागेको बोहराले बताए । यादवको उपचार जनकपुर न्यूरो अस्पतालमा भइरहेको छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्