Web Design In Nepal

वार्षिकोत्सबकाे अवसरमा रक्षा आयुर्वेदिक औषधालयले गर्याे जनचेतनामूलक कार्यक्रम ।

पुष २४, २०८१ बुधबार 184

तिलाेत्तमा रक्षा आयुर्वेद औषधालयले १७औ वार्षिक उत्सवको अबसरमा जनचेतनामुलक कार्यक्रम एक समारोहबीच सम्पन्न गरेको छ। तिलोत्तमा नगरपालिका वडा नं ९को तुल्सीपुर टोलमा जनचेतना मुलक कार्यक्रम गरिएको थियो । तुल्सीपुर आमा समुहकी अध्यक्ष शकुन्तला थापाको अध्यक्षता तथा वडा अध्यक्ष धुर्ब न्यौपानेकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे।

कार्यक्रममा रक्षा आयुर्वेदका सञ्चालक शालिकराम भुसालले आयुर्वेद,आहार,बिहार,दिन चर्या, ऋतुचर्याकाे बारेमा स्पष्ट पार्नुभएकाे थियोे ।  नेपालमा अहिले नसर्ने रोगको कारणले ७२% मानिसको मृत्यु भैरहेको हुदा भान्सा सुधार देखि आयुर्वेद उपचार पद्धति ,उपचार पछिको परिणामको महत्वपुर्ण भुमिका हुने बताउनुभयो । उहाले पाइल्स,फिसर ,फिस्टुलाको बारेमा समेत जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखामा कार्यारत नर्सिङ अधिकृत लक्ष्मी घिमिरेले वोल्दै ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाको बृहत् रुपमा पोषण लेखाजोखा र परिक्षण वारेमा जानकारी गराउदै मानव जीवनमा याेग,ध्यान र प्राणामकाे महत्त्व रहेको बताउनुभयो ।

यस्तै उहाले माघ ९;गते सन्तानको रहर पूरा गरेका दम्पतीहरूका लागी परिवार नियोजन, नि शुल्क घुम्ती शिबिर कार्यक्रम हुन गइरहेको जानकारी गराउदै नजिकको स्वास्थ्य संस्थाबाट लाभलिन समेत आग्रह गर्नुभयो। कार्यक्रममा बाेल्दै अध्यक्ष सकुन्तला थापाले आफू २०६५ सालमा ढाडकाे समस्याले रक्षा आयुर्वेदमा गएर डाक्टरको सल्लाह अनुसार ६ महिना आैषधि खादा अहिलेसम्म पनि ढाडसङ्ग सम्बन्धित कुनै समस्या नआएको हुदा उपस्थित सम्पूर्णमा ढुक्क भएर रक्षा आयुर्वेदलाई सम्झन समेत आग्रह गर्नुभयो।

स्थानीय समाजसेवी हरिबहादुर थापाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। २ दिन सम्म भएको कार्यक्रममा ५० जना बढीको सहभागीता रहेको थियोे। साथै यही पुस २५ र २६ गते १७औ वार्षिक उत्सवको अबसरमा निशुल्क स्वास्थ्य शिबिर हुने भएकोले सबैले उक्त शिविरबाट लाभलिन समेत सञ्चालक शालिकराम भुसालले आग्रह गर्नुभयाे।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्