पुस, कपिलवस्तु
प्रोग्रेसिभ ईन्जिनियर्स एसोसिएसन नेपाल (पिन) कपिलवस्तु जिल्लाको दोस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ | अधिवेशनले ई. विवेक पन्थीको अध्यक्षतामा ११ सदस्य जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको छ |
पिनका केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सह ईन्चार्ज तथा लुम्बिनी प्रदेश सरकारका पुर्वाधार बिज्ञ ई. जिवन अर्यालको प्रमुख आतित्यथा तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री माननीय विष्णु पन्थीको विशिष्ट आतित्यथा रहेको अधिवेशनमा नेकपा एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनाल, नेकपा एमाले प्रदेश सदस्य तथा वाणगङ्गा नगरपालिका प्रमुख चक्र अर्याल, पिन प्रदेश अध्यक्ष आ. दिपक भट्टराई, पिन केन्द्रिय सदस्य तथा कपिलवस्तु ईन्चार्ज ई.राकेश पाण्डे,नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य तथा पिन ईन्चार्ज प्रताप कुमार गिरि, कपिलवस्तु जिल्लाको पेसागत महासङ्घ अध्यक्ष बाबुराम शर्मा, पिन प्रदेश अनुशासन आयोग अध्यक्ष ई.एन. एस. भण्डारी, पिन प्रदेश सदस्य ई.अविनाश रेग्मी र ई.प्रभाकर चौधरीको आतित्थ्यता रहेको थियो |
नव निर्वाचित कमिटीको उपाध्यक्षमा ई. सुनिल के सि, सचिव ई. सुरज घिमिरे, कोषाध्यक्ष ई. विशाल गैरे, सह सचिव कुशल घिमिरे सदस्यहरुमा ई. सविता थापा, ई. सुनिल श्रेष्ठ, ई. किशान प्रसाद गैरे, ई. केशव पौडेल, ई. पवन अग्रहरि र ई. राम विलास थारु रहेका छन |
यस अघिको खुल्ला सत्र ई.रामचन्द्र चौधरीको अध्यक्षता तथा ई. सुरज घिमिरेको संचालन रहेको थियो |
प्रतिकृया दिनुहोस्