
बुटवल ७, -अक्सफोर्ड मा वि बुटवलमा माघ ११ गते शुक्रबारका दिन अन्तर्राष्ट्रिय खाना महाेत्सव , लाइभ म्युजिक तथा Fire Flaring काे तयारी पूरा भएको छ।
कक्षा ११/१२ हाेटल म्यानेजमेन्टका विद्यार्थीहरूद्वारा विद्यालय परिसरमा आयाेजित खाना महाेत्सवमा विभिन्न ७ देशका खानाका परिकारहरूकाे स्वादहरू चखाई,व्यवसायीक रूपमा विद्यार्थीहरूलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उद्धेश्यले कार्यक्रमकाे आयोजना गरिएको प्राध्यापक उमङ्ग पाैडेलले बताउनुभयो ।
कार्यक्रम विगतका बर्षमा पनि भएको तर यसपालिको महाेत्सवलाई संस्थाले विशेष रूपमा हेरेकाे प्राध्यापक विवेक न्याैपानेले बताउनुभयो । खाना महाेत्सवमा करिब १२ लाखकाे आर्थिक काराेबार गर्ने लक्ष्य रहेको बताउदै प्राध्यापक,अभिभावक तथा विद्यार्थी गरि करिब चार हजार जनाले खाना महाेत्सव तथा लाइभ म्युजिक कार्यक्रमकाे अवलोकन गर्ने अनुमान गरिएको छ। खासगरी हाेटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान सङ्सङ्गै व्यवहारीक ज्ञान सिकाई देश तथा विदेशमा राेजगारीका ढाेकाहरू खुल्ला गर्नकाे लागि यस्ता कार्यक्रमले टेवा पुर्याउने आफूहरूले विश्वास लिएको प्राध्यापक सुमन भुसालले बताउनुभयो ।
कार्यक्रमबाट नाफा भएको केही पैसा विद्यार्थीहरूले सामाजिक कार्यमा प्रयाेग गर्ने र बाँकी रकम विद्यार्थीहरू आफैले बाढ्ने म्यानेजमेन्ट कार्यक्रम संयाेजक बालकृष्ण पाेखरेलले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्