Web Design In Nepal

नेपाल महिला क्रिकेट अस्ट्रेलियासंग खेल्दै

माघ ९, २०८१ बुधबार 92

९ माघ, काठमाडौ /  नेपालले महिला क्रिकेटमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो । यसअघिको विश्‍वकपमा सेमिफाइनलसम्म पुगेको अस्ट्रेलिया बलियो टोली हो । त्यसबेला विश्‍वकप खेलेका पाँच खेलाडीहरू अहिले पनि टोलीमा छन् ।

आजको पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई हराएर नेपालले अस्ट्रेलियालाई सामान्य अन्तरले हराएपनि नेपाल सुपर सिक्समा पुग्नेछ । स्कटल्याण्डले बंगलादेशलाई हराएको खण्डमा नेपालले बंगलादेशको रनरेटभन्दा अगाडि जाने तरिकाले अस्ट्रेलियालाई हराउनुपर्ने छ ।

अस्ट्रेलियासँग पराजित भएमा नेपाल बाहिरिनेछ ।

आजका खेलहरू :

अमेरिका यू-१९ महिला भर्सेस् इंग्ल्याण्ड यू-१९ महिला : विहान ८:१५
स्कटल्याण्ड यू-१९ महिला भर्सेस् बंगलादेश यू-१९ महिला : विहान ८:१५
न्युजिल्याण्ड यू-१९ महिला भर्सेस् सामोआ यू-१९ महिला : विहान ८:१५
अस्ट्रेलिया यू-१९ महिला भर्सेस् नेपाल यू-१९ महिला : दिउँसो १२:१५
पाकिस्तान यू-१९ महिला भर्सेस् आयरल्याण्ड यू-१९ महिला : दिउँसो १२:१५
दक्षिण अफ्रिका यू-१९ महिला भर्सेस् नाइजेरिया यू-१९ महिला : दिउँसो १२:१५

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्