Web Design In Nepal

सहकारी नियमन प्राधिकरणको अध्यक्षको जिम्मेवारी सचिव पोखरेललाई

माघ ९, २०८१ बुधबार 176

माघ ९, काठमाडौं –  सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई दिएको छ ।

३ दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणमा अध्यक्ष नियुक्ति नभएसम्मका लागि अध्यक्ष सचिव पोखरेललाई तोक्ने निर्णय गरेको हो ।

यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गर्न गठित सिफारिस समितिको कार्यावधि ३५ दिन थप गर्ने निर्णय गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल सकिएपछि कार्यकारी प्रमुखको पद रिक्त छ ।

यद्यपी गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै कार्यकारी प्रमुख नियुक्त नभएसम्मका लागि प्राधिकरणका कार्यरत बरिष्ठ सहसचिव डा.भिष्मकुमार भुसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइसकेको छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्