Web Design In Nepal

अध्यादेशहरुबारे नेकपा एमालेको संसदीय दलमा छलफल सुरु

माघ ९, २०८१ बुधबार 82

 माघ ९, काठमाडौं – सरकारले ल्याएको अध्यादेशहरुबारे नेकपा एमालेको संसदीय दलमा छलफल सुरु भएको छ ।

प्रमुख सचेतक महेश बर्तौलाका अनुसार संसद् भवनको लोत्से हलमा छलफल सुरु भएको हो ।

‘अध्यादेशहरूबारे संसदीय दल र हाम्रा मन्त्रीहरूबीच छलफल राखिएको हो’, बर्तौलाले भने ।

गत २६ पुसमा सरकारले ५ वटा अध्यादेश सिफारिस गरेको थियो । सिफारिस भएका सबै अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेको छ ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्