Web Design In Nepal

भाेलि लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

माघ २०, २०८१ आइतबार 148

माघ २०, दाङ – लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउदैछ । माघ २१ गते सोमवार भोली प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन थालेको हो । प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिदैँछ । प्रदेश प्रमुखको बिशेष उपस्थितीमा मुल समारोह आयोजना गर्न थालिएको हो ।

झाँकीहरुको विचमा प्रतिस्पर्धा गरिने, प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रदेश स्थापना दिवसमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ । लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो ।

प्रदेश सरकारले दुई वटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको हो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्