Web Design In Nepal

पाथिभरा केवलकार विवादः दमकमा ‘गोली चल्यो’, चारजना पक्राउ

माघ २०, २०८१ आइतबार 135

काठमाडौ,  माघ २० – पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले गरेको आन्दोलन झापाको दमकमा उग्र बनेको छ। मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आइतबार र सोमबार गरी दुई दिन अरुणपूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेका छन्।  
सोही क्रममा दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको हो। झडपका क्रममा प्रहरीले दुई राउन्ड ‘गोली चलाएको’ प्रत्यक्षदर्शीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) मिलन केसीले गोली नचलाएको दाबी गरे। ‘बन्दकर्ताबाट प्रहरीमाथि ढुंगामुडा प्रहार भएपछि एक सेल अश्रुग्यास हानेर स्थिति नियन्त्रणमा गर्न खोजिएको छ,’ उनले भने। उनले चार जना उग्रता प्रदर्शन गरिरहेका बन्दकर्तालाई नियन्त्रण लिइएको उनले जानकारी दिए।

‘अहिले उहाँहरूको कार्यक्रम लगभग सकिएको छ। स्थिति नियन्त्रणमा ल्याउने कोसिसमा छौं,’ एसपी केसीले भने।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्