Web Design In Nepal

अक्सफोर्ड मा वि बुटवलमा बाल ब्यास अनुराधा पाण्डेद्धारा प्रवचन

माघ २४, २०८१ बिहिबार 269

माघ २४, बुटवल – बाल ब्यास विश्व बन्दनीय पुज्य अनुराधा पाण्डेले अक्सफोर्ड मा.वि बुटवलका विद्यार्थी तथा शिक्षक कर्मचारीलाई प्रवचन दिएकी छिन् ।

वैद्धिक सनातन धर्मको रक्षार्थ संसारभर नेपाली,हिन्दी र संस्कृति विषयमा उनलेे प्रवचन दिदै आएकी छन्। वृन्दाबनमा कक्षा ५ मा अध्ययनरत रहेकी अनुराधाले विद्यार्थीहरूलाई प्रवचन दिदै विद्या सिमित रूपमा नरहेको उल्लेख गरी सबै बस्तुबाट विद्या प्राप्त हुने बताइन् ।आफू पनि कक्षा ५ मा अध्ययनरत रहेको कुरा बताउँदै शिक्षा लिन ध्यान आवश्यक रहेको उल्लेख गर्दै आफ्नो साधनामा निरन्तर लाग्नुपर्नेमा जाेड दिइन।विद्यार्थी विद्यालाई चाहाने व्यक्ति भएको हुदा कर्ममा लाग्न आग्रह गर्दै शिक्षाको मन्दिरलाई जहिले पनि सम्मान गर्नुपर्नेमा जाेड दिदै आमा,बुबा र गुरूलाई सदा सम्मान गर्नुपर्नेमा जाेड दिइन्।

विद्यार्थीहरूलाई विभिन्न कथाहरू मार्फत प्रवचन दिदै अनुराधाले जुन मानिस धन ,सम्पत्तिमा लागेकाे छ त्यसलाई सुख र शान्तिकाे अनुभुती नहुने बताउदै अध्ययनकाे साथसाथै भजन किर्तन र सामाजिक सेवामा लाग्नुपर्ने बताइन। विद्या सङकटबाट पार पाउने माध्यम भएको हुदा सबैको लागि अपरिहार्य रहेको बताइन ।कुनै पनि मानिससङ्ग धन सम्पत्ति भएरमात्र नहुने हुदा मनको सुख भाेगकाे लागि विद्या आवश्यक पर्ने बताइन। कार्यक्रममा विद्यालयका प्राचार्य दिनेश भुसालले उपस्थित सम्पूर्ण स्वागत गर्दै सानो उमेरमा पनि पुराण प्रवचन गरि संसारभर नेपाल र नेपालीलाई चिनाउन अनुराधाकाे याेगदान महत्त्वपूर्ण रहेको बताए।

कार्यक्रममा व्यवस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारी ,क्याम्पस अध्यक्ष अजित खनाल,क्याम्पस प्रमुख मनाेज मरासिनी लगायतको उपस्थिति रहेको थियोे ।कार्यक्रमकाे सञ्चालन प्राध्यापक सुमन भुसालले गरेका थिए।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्