Web Design In Nepal

सेयर कारोबार मापक नेप्से परिसूचक दुई अङ्कले घट्यो

माघ २८, २०८१ सोमबार 115

माघ २८, काठमाडौ –  सेयर कारोबार मापक नेप्से परिसूचक १०.९८ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ७७.३२ विन्दुमा ओर्लेको छ ।

उक्त दिन कारोबारमा आएकामध्ये ७७ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १६१ वटाको घट्यो भने बाँकी ६ वटा कम्पनीको स्थिर रह्यो ।
७४ हजार ८ सय ६४ पटकको कारोबारमा १ करोड ४४ लाख ४३ हजार ७ सय ६५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ७ अर्ब ९६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।

मंगलबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये व्यापार र अन्य बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्