
माघ २९,अक्सफोर्ड मा.वि बुटवलकाे खेल सप्ताहकाे दाेस्ाे दिन विभिन्न खेलहरूकाे विधामा विद्यार्थीहरूबिच प्रतिस्पर्धा भएको छ।
विद्यालयका प्राचार्य दिनेश भुसाल र सहप्राचार्य सुमन भुसालले सयुक्त रूपमा उद्घाटन गर्नुभएको कार्यक्रममा विभिन्न खेलकुद विधामा प्रतिस्पर्धा भएको थियो । खेल सप्ताहलाई प्रभावकारी बनाउनको लागि प्रत्येक खेलका लागि छुट्टाछुट्टै संयोजकहरू तोकिएकाे छ।
खेलकुद सप्ताहको दाेर्साे दिन आज छात्राछात्र कबड्डी तथा फुटसल प्रतियाेगिता सम्पन्न भएको छ। कपड्डीमा छात्र तर्फ जाेनसन थापाको समूह प्रथम र मनाेज क्षेत्रीकाे समूहले द्वितीय स्थान प्राप्त गरेका छन् । छात्रातर्फ प्रथम प्रज्ञा रानाको समूह र द्वितीय रिया क्षेत्रीकाे समूह भएका छन्।कबड्डी प्रतियाेगिताकाे संयाेजन राजकुमार पाण्डेले गरेका थिए।
त्यस्तै फुटसल प्रतियाेगितामा छात्रातर्फ Team jay oxford ले प्रथम स्थान हासिल गरेको छ भने छात्रतर्फ Team comrade प्रथम भएको छ।फुटसल प्रतियाेगिताकाे संयाेजन प्राध्यापक विपत चाैधरी र राजेन्द्र भुसालले गरेका थिए।
खेल सप्ताह अझै केही दिन निरन्तर रूपमा चल्ने र विद्यार्थीहरूलाई हरेक रुचि अनुसारका दर्जनौं खेलमा प्रतिस्पर्धा गराउने प्राध्यापक सुमन भुसालले बताए ।
प्रतिकृया दिनुहोस्