Web Design In Nepal

अक्सफाेर्ड कलेज बुटवलकाे फुटसल प्रतियाेगिताकाे उपाधि अक्सफाेर्ड मा.वि लाई

उपविजेता नविन मा.वि

फागुण १७, २०८१ शनिबार 979

अक्सफाेर्ड कलेज तथा Creative international कलेज बुटवले संयुक्त रूपमा आयाेजना गरेकाे माध्यामिक तह स्तरीय छात्र फुटसल प्रतियाेगिता माेनालिसा फुटसल मैदानमा सम्पन्न भएकाे छ।विभिन्न विद्यालयका १३ टिमहरूबीच भएकाे प्रतियाेगितामा अक्सफार्ड मा .वि 3-1 ले प्रथम भएकाे छ भने नविन आैधाेगिक कदर रिता मा.वि द्वितीय भएकाे छ।खेल संयाेजक सन्जिव श्रेष्ठकाे अघ्यक्षता तथा कलेजका अध्यक्ष अजित खनालकाे प्रमुख आतिथ्यता तथा क्याम्पस प्रमुख मनाेज मरासिनी,विद्यालयका प्राचार्य दिनेश भुसाल तथा प्राध्यापक सुमन भुसाल,प्रध्यापक विष्णु खनाल,अशाेक गुरूङ्गकाे आतिथ्यतामा भएकाे थियाे |


रूपन्देहि जिल्लामा भएका विद्यालयका विद्यार्थीहरूकाे अन्तरनिहित प्रतिभा पहिचान गरि आन्तरिक सम्बन्ध प्रगाढ बनाउने उद्येश्यले फुटसलकाे आयाेजना गरिएकाे प्राध्यापक विष्णु बस्यालले बताउनुभयाे।अक्सफाेर्ड कलेजले विगतदेखि नै पढाइकाे अलवा छात्रछात्रा खेलकुद प्रतियाेगिताहरू सञ्चालन गर्दै आएकाे उल्लेख गर्दै क्याम्पस प्रमुख मनाेज मरासिनीले यस प्रतियाेगिताले पनि विद्यार्थीहरूकाे प्रतिभा प्रफुटन गराउन सहयाेग गरेकाे विश्वास ब्यक्त गर्नुभयाे।

फुटसल प्रतियाेगितामा प्रथम हुनेले नगद दस हजार,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने द्वितीय हुनेले नगद सात हजार,कप,मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।साथै भाेलि web design and development competition र फाल्गुण २० गते अक्सफाेर्ड कलेजBHM का विद्यार्थीहरूद्वारा फुट फेस्टिबल ,लाइभ म्युजिक तथा रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे छ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्