
फागुण २१, २०८१ बुधबार 112
संघीय संसद सचिवालयले दुई जना युट्युबरको संसद प्रवेश पास निलम्बन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका सांसदहरूलाई गलत शब्द प्रयोग गरेको आधारमा उनीहरूले प्राप्त गरेका संसद प्रवेश पास निलम्बन गरिएको हो।
केही दिन अघि प्रधानमन्त्री ओलीलाई ‘हिटलर’ भन्दै प्रश्न सोधेपछि संसद सचिवालयले यस्तो कारवाही गरेको बुझिएको छ।संसद सचिवालयको महासचिवस्तरीय निर्णयअनुसार ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाइएको छ।
प्रतिकृया दिनुहोस्