Web Design In Nepal

स्ववियु निर्वाचनमा बालेन युथ फोरमको दर्ता

फागुण २१, २०८१ बुधबार 73

चितवनको वीरेन्द्र क्याम्पसमा ‘बालेन युथ फोरम’ दर्ता

चितवन । आगामी चैत ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसबाट ‘बालेन युथ फोरम’ को नाममा प्यानल दर्ता भएको छ ।

वीरेन्द्र क्याम्पस स्ववियू निर्वाचन अधिकृत देवीप्रसाद पौडेलका अनुसार क्याम्पसमा १३ वटा विद्यार्थी संघसंगठनका प्यानल दर्ता भएका छन् । जसमध्ये बालेन युथ फोरम १३ औँ नम्बरमा रहेको छ ।

निर्वाचनमा भाग लिने प्यानलमा मुख्य राजनीतिक संगठनका भ्रातृ संस्थाहरू अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघलगायत छन् ।

जसमध्ये अन्तिममा नाम दर्ता गरेको बालेन युथ फोरमले ११ जनाको प्यानल दर्ता गराएको हो । निर्वाचन अधिकृत पौडेलका अनुसार सुलभ ढुङ्गानाको नेतृत्वमा समूह दर्ता भएको हो ।

समूहको बाँकी पदाधिकारी तथा सदस्यको नाम क्याम्पसले खुलाएको छैन ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्