Web Design In Nepal

तिलोत्तमा १ नयाँमिलमा कार र मोटरसाइकल ठोक्किँदा शान्ति स्कुलका विद्यार्थीको मृत्यु

फागुण २२, २०८१ बिहिबार 187

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न १ नयाँमिल जनसेवा चोकमा कार र मोटरसाईकल ठोक्किदा १ जनाको मृत्यु भएको छ । आज बिहानै भएको दुर्घटनामा मोटरसाइकलमा सवार शान्ति नमुना मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुल्मीको रुरु गाउँपालिका वडा न ३ घर भई हाल बुटवल ३ ट्राफिकचोक बस्दै आएका १९ बर्षिय रोशन परियार रहेको राजमार्ग सुरक्षा ट्राफिक सुरक्षा कार्यालय बुटवलले जनाएको छ । तिलोत्तमा ५ स्थित शान्ति नमुना मावि कक्षा १२ मा अध्ययनरत परियारको उपचारका क्रममा मृत्यु भएको राजमार्ग सुरक्षा ट्राफिक सुरक्षा कार्यालय बुटवलका सूचना अधिकारी डिएसपी मधुसुदन न्यौपानेले बताए ।

न्यौपानेका अनुसार बुटवलबाट आउँदै गरेको लु ५६ प १९६१ नम्बरको मोटरसाइकल र मुख्य हाइवेको पश्चिम लेनबाट पुर्वतर्फ बाटो काट्दै गरेको बा २० च १७५४ नम्बरको कार नयाँमिलस्थित जनसेवा क्लव अगाडी आज बिहान एक आपसमा ठोक्किएका थिए ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्