Web Design In Nepal

राष्टिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको बैठक बस्दै,सम्बाेधन गर्न केन्दिय नेता आउने।

फागुण २२, २०८१ बिहिबार 251

बुटवल ,राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको बैठक फाल्गुन २६ गते साेमबार नेकपा एमाले लुम्बिनी प्रदेश कार्यालय बुटवलमा बस्न लागेको छ।नेकपा एमालेकाे भातृ संघठनकाे रूपमा आफूलाई अब्बल स्थापित गरेको युवा संघले हाल देशमा बढिरहेको अराजकता तथा नेकपा एमालेका नेताहरूमाथि लगाइएका मित्था आराेपहरूकाे खण्डन गर्दै राष्ट्र र राष्ट्रियताप्रती आम नागरिकहरूलाई सुसूचित गर्नुका साथै संगठनकाे विविध विषयमा छलफल गर्ने उद्धेश्यले बैठककाे आयाेजना गरिएको राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलले जानकारी गराए।

राष्ट्रिय युवा संघ नेपालले विगतदेखि नै पाटीकाे सिर्जनात्मक काममा काध थापेकाे स्मरण गर्दै ,पाटीले भरखरैे सञ्चालन गरेको जरा अभियानलाई समेत सफल पार्ने कुरामा युवा संघको भूमिकाकाे विषयमा समेत घनिभूत छलफल हुने भएको छ।

राष्ट्रिय युवा संघ नेपालकाे प्रदेश बैठकलाई सम्बाेधन गर्न फाल्गुन २५ गतेनै केन्द्रीय नेताहरू बुटवल आउने कार्यक्रम रहेको युवा संघका लुम्बिनी प्रदेश सचिव सन्ताेष आेलिले बताए ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्