Web Design In Nepal

“वन मुद्दाका फरार प्रतिवादी १० बर्ष पछी, जिप्रका अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीद्वारा पक्राउ गरि कारागार चलान”

फागुण २२, २०८१ बिहिबार 83

अर्घाखाँची जिल्ला अदालतको मिति २०७१।०१।२३ गतेको फैसला अनुसार अनियमित तवरबाट वन पैदावार चोरी निकासी मुद्दाहरुमा सजाय तोकी फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागि अर्घाखाँची जिल्ला अदालतमा पठाए पश्चात जिल्ला अदालत अर्घाखाँचीमाको आदेशानुसार कैद भुक्तानको लागी कारागार कार्यालय चलान गरेको छ ।

पक्राउ पर्ने व्यक्तिहरुको विवरण :-
१. नामथर:- डम्वर सिंह क्षेत्री
वतन:- जिल्ला दाङ गोवरडिया गाउँपालिका वडा न. १ जुनौरी हाल जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा न. १
उमेर:- ५१ बर्ष
मुद्दा:- अनियमित तवरबाट वन पैदावार चोरी निकासी
कैद:- ३ महिना
पक्राउ मिति:- २०८१।११।२१ गते ।
पक्राउ स्थान:- जिल्ला अर्घाखाँची पाणिनी गाउँपालिका वडा न. ४

जिल्ला अर्घाखाँची सिद्धारा गा.वि.स.-६, जिमुरीपाखा स्थायी घर भई चोरखोलामा बसोबास गर्ने भानसिंह सुनार र उनका छोरा गोठबहादुर सुनार, कपिलवस्तु जिल्ला शिवगढी गा.वि.स. वडा नं. १ चोरखोला वस्ने लुकु रोका भन्ने लोक बहादुर थापा र दाङ जिल्ला गोवरडिया गा.वि.स. वडा नं.१ जुरौनी घर भई हाल जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा न. १ बस्ने डम्वर सिंह क्षेत्री समेतको मिलेमतोमा जिल्ला अर्घाखाँची, सिद्धारा गा.वि.स. वडा नं.६, चोरखोलामा लुकाई छिपाई राखेको अवस्थामा साल चिरान ४१ थान, जंगली सिसौ चिरान २ थान चोरी तस्करी गर्ने नियतले भानसिंह सुनारले चोरखोलामा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी बनाएको घर टहरोमा ल्याई लुकाई छिपाई राखेको नीजहरुले उक्त चिरान काठ जिल्ला अर्घाखाँची सिद्धारा गा.वि.स.वडा नं. ६ को जिमुरीपाखा राष्ट्रिय वन क्षेत्रबाट ल्याई सोही ठाउँमा नै काटी चिराएको र भानसिंह सुनार र गोठबहादुर सुनार पक्राउ परे पछि लुकु रोका भन्ने लोक बहादुर थापा र डम्वर सिंह क्षेत्री फरार भएका थिए ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्