
फागुण २३, २०८१ शुक्रबार 109
काठमाण्डौ – जनकपुरबाट आएको बुद्ध एअरको एउटा विमान पाङ्ग्राविना नै काठमाण्डौमा सकुशल अवतरण गरेको छ ।
हिजो दिउँसो जनकपुरबाट काठमाण्डौका लागि आएको विमानको अगाडिका दुईमध्ये एक पाङ्ग्राविना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
उनले भने, ‘एक पाङ्ग्रा नहुँदा पनि जहाज सकुशल अवतरण भएको छ । यो खासै ठूलो समस्या भने होइन तर पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ ।’
बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाण्डौ उडान नम्बर ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाण्डौमा सुरक्षित अवतरण गरेको बताए । ‘जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको छ’ ।
प्रतिकृया दिनुहोस्