
बुटवल,लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड कलेजले bhm, bbs ,bba frist semester मा अध्ययन गर्ने २६७ जना नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्नुका साथै विविएस, बिएड, विएचएम र बिआईएममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद सहित सम्मान तथा पुरस्कृत गरेको छ। छात्रा निशा श्रेष्ठको अध्यक्षता तथा क्याम्पस अध्यक्ष डा अजित खनालकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे छ।
कार्यक्रममा विविएस र विएडका ११ जना तथा बिएचएम र बिआइएमका ४२ जना गरी कुल ५३ जना विद्यार्थीलाई जनही दुई हजार पाँच सयदेखि अठहत्तर हजार सात सय पचास सम्मको छात्रवृति प्रदान गरेको छ। कार्यक्रममा बाेल्दै क्याम्पस प्रमुख मनाेज मरासनीले उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई हौसला प्रदान गर्न तथा अध्ययनमा थप प्रोत्साहन दिनका लागि छात्रवृति प्रदान गरिएको जानकारी दिदै नेपाल प्रथम र लुम्बिनी प्रदेश प्रथम भएका विद्यार्थीलाई विशेष सम्मान गरिएको समेत बताउनुभयो ।गुणस्तरीय शिक्षा, आधुनिक शैक्षिक वातावरण र अनुभवी शिक्षकहरूको मार्गदर्शन प्रदान गर्न अक्सफाेर्ड सदैव तत्पर रहनुको साथै विद्यार्थीको ज्ञान, सिर्जनशीलता र नेतृत्व क्षमताको विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप, सेमिनार र कार्यशालाको आयोजना गर्ने गरेको र यसलाई समय सापेक्ष परिवर्तन गर्दै निरन्तरता दिँदै जाने पनि उल्लेख गर्नुभयो ।
प्राध्यापक सुमन भुसालले अक्सफोर्ड कलेजले सैद्धान्तिक र प्रयोगात्मक शिक्षालाई सँगै जोडेर विद्यार्थीलाई वास्तविक जीवनमा आउने सम्भावित चुनौतीहरूको सामना गर्न सक्षम बनाउने लक्ष्य लिएर अगाडी बढेको बताउनुभयो। अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसालले अक्सफोर्ड कलेजले संस्कारसहितको शिक्षा प्रदान गर्दै आएको बताउदै शैक्षिक गुणस्तरलाई थप मजवुत बनाउन र व्यवहारिक शिक्षामा विद्यार्थीलाई अब्बल बनाउन संस्थागत विद्यालयहरूको ठूलो योगदान रहेको उल्लेख गर्दै उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीको लगनशीलता र परिश्रमको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिनुभयो। अक्सफोर्ड माविका संस्थापक प्राचार्य यज्ञमूर्ति पाण्डेले अक्सफोर्ड कलेजले हालसम्म प्राप्त गरेको उपलब्धिले त्रिभुवन विश्वविद्यालयको गरिमा बढाएको बताउदै त्यसकाे श्रेय प्राध्यापक ,कर्मचारी,सञ्चालक,विद्यार्थी तथा अभिभावकमा रहेकाे बताउनुभयाे।
कार्यक्रममा क्रिएटिभ इन्टरन्यास्नल कलेजका अध्यक्ष गोबिन्द गौतमले कलेज अहिलेको आवश्यकता व्यवहारिक शिक्षा भन्ने मूल मन्त्रका साथ अगाडी बढेको जिकिर गर्नुभयो। बिबिए कोर्डनिटर सन्तोष पौडेलले अक्सफोर्डमा विविएस, विएचएम, बिएड, बिआईएम र बिबिएका कार्यक्रमहरू सञ्चालन भइरहेको र आगामी वर्षदेखि बीएस्सी सीएस आइटी र एमबिएसका कार्यक्रमहरु संचालन हुने समेत जानकारी गराउनुभयो।
कार्यक्रममा आफ्नो भनाई राख्दै अक्सफोर्ड माविका संचालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीले अक्सफोर्ड कलेज राष्ट्रमा मात्र नभई अन्तरास्ट्रिय प्रतिष्पर्धात्मक क्षमता भएका मानव संसाधन उत्पादन गर्ने शैक्षिक संस्थाको रुपमा स्थापित भैसकेको बताउनुभयो। कार्यक्रमका बाेल्दै प्रमुख अतिथि क्याम्पस अध्यक्ष डा अजित खनालले अक्सफाेर्ड कलेज ब्रान्ड बनिसकेकाे हुदा आम अभिभावककाे राेजाई बनेकाे अवस्थामा आफूहरू अझ चनाखाे भई सिर्जनात्मक तथा व्यवहारिक रूपमा अध्यापन गर्ने तथा आत्मनिर्भर कसरी बन्ने भन्ने व्यबहारिक शिक्षा दिदै आएकाे उल्लेख गर्नुभयाे।
कार्यक्रममा कर्मचारी तिलकुमारी खासु,दिपक पाैडेल प्राध्यापक सन्जिव श्रेष्ठ ,विवेक न्याैपाने,कृष्ण रेग्मी,कृष्ण पाेख्रेल,रामेश्वर ज्वाेति,विष्णु जाेसि,काैसिल्य गैरे,थानेश्वर भण्डारी र जनक न्याैपानेलाई समेत सम्मान गरिएकाे थियाे।सम्मानित मध्यबाट बाेल्दै प्राध्यापक कौसिल्य गैरेले विद्यार्थीमा सबैभन्दा ठुलाे कुरा आत्मविश्वास भएकेा हुदा केहि गर्नुछ भन्ने मानसिकताले अध्ययनमा जुटन आग्रह गर्नुभयाे।
तिन चरणमा सम्पन्न कार्यक्रम सञ्चालन विद्यार्थीहरु सन्ध्या गलामी, अस्मिता बराल, शर्मिला आले, बिपिन खत्री, अदिति केसी, शृष्टि कुँवर, अनुस्का केसी र आस्था क्षेत्रीले गरेको कार्यक्रम संयोजक प्राध्यापक बिष्णु खनालले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्