Web Design In Nepal

माथागढी गाउँपालिकाकाे चिदीपानीमा १ दिने अभिमुखी कार्यक्रम सम्पन्न

चैत्र ९, २०८१ आइतबार 179

पाल्पा मानिसमा देखा परेका विभिन्न सामाजिक तथा मनाेवैज्ञानिक समस्यासंग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ।
माथागढी गाउँपालिकाको आयोजनामा माथागढी गा.पा.वडा नं. १ चिदीपानी वडा कार्यालयको भवनमा आत्महत्या न्यूनीकरण, सडक दुर्घटना न्यूनीकरण, नसर्ने रोग तथा मानसिक रोग सम्बन्धि सरोकारवालाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा माथागढी १ ,२ र ३ का जनप्रतिनिधी बिद्यालयका शिक्षक, सहकारी संस्थाका प्रतिनिधी, स्थानीय संचारकर्मी, परम्परागत उपचारमा संलग्न ब्यक्तीहरु सहभागी भएका थिए।

ललल नेपालमा नसर्ने रोगको बढ्दो प्रकोप दर, मानसिक स्वास्थ्य, सडक दुर्घटना र आत्महत्याको कारण समाज प्रभावित भएको,नसर्ने रोगको उपचार धेरै खर्चिलो, जीवन भर उपचार गर्नुपर्ने झन्झट र यसले स्वयम तथा घरपरिवारमा पर्ने असरलाई कम गर्न, यो कार्यक्रम आयोजना गरिएको कार्यक्रम का प्रमुख अतिथि माथागढी गाउपालिकाका अध्यक्ष यम बहादुर चिदीले बताए।

कार्यक्रममा सहभागीहरु समुदायका अगुवा भएकोले आत्महत्या, सडक दुर्घटना न्यूनिकरण, सर्ने तथा नसर्ने रोगका बिषयबस्तुमा जानकार भई समाजमा सचेतना फैलाउन महतवपूर्र्ण भुमिका निर्वाह गर्ने कुरामा आफू विस्वस्त रहेकाे र्माथागढी १ का वडा अध्यक्ष राजकुमार पन्थीले जनाए।

कार्यक्रम माथागढी गाउँपालिका वडा नं. १ का अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक राजकुमार पन्थीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीको प्रमुख आतिथ्यता तुल्सा न्यौपाने, वडा नं. १ का वडा सदस्यहरु डुकुल गाहा, टोल बहादुर मस्राङी, लिला कुमारी बि.क. वडा नं. २ को वडा सदस्य यानसिं थापा लगायतको आतिथ्यता रहेकाे थियाे।कार्यक्रमको सहजीकरण मेडिकल अधिकृत डा. विवेक पौडेल, स्वास्थ्य शाखा प्रमुख केशव जि सि, प्रहरी सहायक निरीक्षक चुरामणी अधिकारी लगायतले गरेका थिए।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्