Web Design In Nepal

नेपाल राष्ट्रिय शिक्षण संगठनद्वारा एकीकृत पाठ्यक्रम मूल्याङ्कन सहजीकरण कार्यशाला सम्पन्न।

चैत्र ९, २०८१ आइतबार 205

बुटवल – नेपाल राष्ट्रिय शिक्षण संगठनद्वारा कक्षा १,२र३ मा अध्यापन गराउने शिक्षक-शिक्षिकाहरूका लागि एकदिने एकीकृत पाठ्यक्रम मूल्याङ्कन सहजीकरण कार्यशाला सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम संगठनका नगर अध्यक्ष विष्णुप्रसाद भुसालको अध्यक्षतामा तथा सचिव शोभाखर पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष धनेश्वर गौतमको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा जिल्ला सचिव यज्ञलाल सापकोटा, जिल्ला सदस्य केदार ज्ञवाली, शिक्षक महासंघ बुटवलका अध्यक्ष उपेन्द्र ज्ञवाली, र कान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

प्रशिक्षकहरू युवराज पन्थी र केदार ज्ञवालीले कार्यशालामा सहजीकरण गर्नुभएको थियो। कार्यक्रमबाट ११७ जना शिक्षक-शिक्षिकाहरूको सहभागिता रहेको थियो।
नेपाल राष्ट्रिय शिक्षक संगठनको गत आइतबार चैत्र ३ गते सम्पन्न भएको अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति आयोजना गरेको पहिलो कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको छ।

संगठनका अनुसार सरकारी निकायबाट मात्र गरिने प्रशिक्षणहरूमा भर नपरी, शिक्षकहरूले आफ्नै पहलमा पेशागत विकास गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यो कार्यक्रम आयोजना गरिएको जानकारी गराइएको छ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्