Web Design In Nepal

अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु ,दर्जनाै घाइते

थप विवरण सहित

चैत्र १२, २०८१ बुधबार 104

अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना बुधबार साँझ दुर्घटनामा परेको हो।सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु२ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे-सन्धिखर्क सडकखण्डमा दुर्घटनामा परेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताए।

प्रहरीका अनुसार मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षीया उमा न्यौपाने र ६५ वर्षीया उमाकी सासु ९नाम नखुलेकी० रहेका छन् । त्यस्तै पश्चिम बर्दघाट बस्ने वर्ष ५० का बस चालक मदनकुमार विक रहेको प्रहरी उपरीक्षक खत्रीले बताए। खत्रीका अनुसार गुडिरहेको बस अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खसेको थियो।

दुर्घटनामा २८ जना यात्रु घाइते भएका छन् । जसमध्ये गम्भीर घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–१२ बस्ने ३६ वर्षीय सन्तोष कँडेल, ४ वर्षीय अमर कँडेल, ३१ वर्षीय आशीष अधिकारी, २७ वर्षीया लक्ष्मी अधिकारी, ४ वर्षीया आन्दा अधिकारी, १४ वर्षीय आयान्स अधिकारीलाई बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ


थप अपडेट:- खुल्न आएका निम्न घाईतेहरू:-
निम्न:-
१. जिल्ला रुपन्देही बुटवल उप-महाननगरपालिका ८ वस्ने वर्ष ५५ कि जमुना वस्याल
२. जिल्ला नवलपरासी पश्चिम भुमही बस्ने वर्ष अन्दाजी ४५।५० की उमा न्याैपाने
३. ऐ.ऐ. वर्ष ६०-६५ कि (नामथर नखुलेकी) महिला ऐ. १९:०० बजे मृत घोषणा गरेको
४. जि.न.प.पश्चिम बर्दघाट बस्ने अ. ४५।५० मदन कुमार वि.क. (चालक) ऐ. १९:०० बजे मृत घोषणा गरेको
५. जिल्ला नवलपरासी पश्चिम बर्दघाट न.पा.वडा न.१२ बस्ने वर्ष ३६ को सन्तोष कडेल (बुटवल रिफर) ।
६. ऐ.ऐ.बस्ने वर्ष ४ को अमर कंडेल (बुटवल रिफर) ।(
७. ऐ.ऐ.बस्ने वर्ष १९ को अरुण भट्टराई
८. ऐऐ बस्ने वर्ष ३१ को आशिष अधिकारी । (बुटवल रिफर) ।
९. ऐऐ बस्ने वर्ष २७ की लक्ष्मी अधिकारी । (बुटवल रिफर) ।
१०. ऐऐ बस्ने वर्ष ४ की आन्दा अधिकारी । (बुटवल रिफर) ।
११. ऐऐ बस्ने र्ष १४ को आयान्स अधिकारी । (बुटवल रिफर) ।
१२. ऐऐ बस्ने वर्ष ४० की चन्द्रकला भट्टराई । (महिला)
१३. जि.रुन्देही देवदह बस्ने वर्ष १७ को सक्षम चापागाई ।
१४. जि.न.प बर्दघाट-१५ बस्ने वर्ष ४५ को मित्रबन्दु अधिकारी ।
१५. ऐऐ -१४ बस्ने वर्ष ५५ को कलम सापकोटा ।
१६. ऐऐ-१४ बस्ने वर्ष ४८ को लक्ष्मण पंगेनी।
१७. ऐ.ऐ.बस्ने वर्ष ४० मनकुमारी घीमिरे ।
१८. ऐ.ऐ.बस्ने ने २९ को दिपक अधिकारी ।
१९. बुटवल बस्ने वर्ष ५० दण्डपानी बस्याल
२०. जि.न.प.पश्चिम बर्दघाट -१४ वर्ष ३६ की झविकला पाण्डे ।
२१. बुटवल बस्ने वर्ष २५ को गणेश बस्याल ।
२२. बुटवल उ.म.न.पा.-१३ बस्ने वर्ष ३२ को रामु अधिकारी ।
अन्य घाईतेहरुको विवरण आउन वाँकी

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्