Web Design In Nepal

अर्घाखाँचीमा पौडी खेल्ने क्रममा डुबेर दुइ युवाकाे मृत्यु

चैत्र १५, २०८१ शनिबार 86

अर्घाखाँची,अर्घाखाँचीको भुमिकास्थानका दुई युवाको पौडी खेल्ने क्रममा ज्यान गएको छ ।
भुमिकास्थान–१०, धनचौरको देउराली नेटाका जुद्धबहादुर नेपालीका १९ वर्षिय छोरा दिलिप नेपाली र सोही ठाउँका मेघबहादुर नेपालीका १७ वर्षिय छोरा अशोक नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
वडा नम्बर–१० मै पर्ने झिमरुक खोलामा साथीहरु मिलेर पौडी खेल्न गएका ६ जना मध्ये दुई जनाले ज्यान गुमाएका हुन् । पौडी खेल्न रहमा गएका दुई युवा धेरैबेर पानी बाहिर नआएपछी संगै गएका साथीहरुले आफन्तलाई खबर गरेका थिए ।

आफन्त र धनचौर प्रहरीको खोज तलासपछी अचेत भेटिएका दुवै जनालाई उपचारका लागी अर्घाखाँची अस्पतालमा ल्याईएपनि अस्पतालले उनीहरुलाई मृत घोंषणा गरेको स्वास्थ्यकर्मी असाेक चाैहानले बताएका छन्।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्