Web Design In Nepal

बुटवल बहुमुखी क्याम्पस स्ववियू निर्वाचन १५ दिनभित्र गर्न परमादेश जारी

बैसाख ४, २०८२ बिहिबार 183

बुटवल,उच्च अदालत तुलसीपुर बुटबल इजलासले बुटवल बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जुन चरणबाट रोकिएको हो त्यहि चरणबाट अगाडी बढाएर १५ दिनभित्र निर्वाचन गर्न उत्प्रेषणयुक्त परमादेश जारी गरेको छ।
गत चैत्र ५ गतेको लागि तोकिएको स्व.वि.यु. निर्वाचन विभिन्न विद्यार्थी संगठनहरुको अवरोधका कारण सम्पन्न हुन नसकेको भन्दै क्याम्पस प्रशासनले चैत्र १७ गते सूचना प्रकाशित गरेको थियो।
क्याम्पसमा निर्वाचन रोकिएपछि विद्यार्थीहरु नविन खनाल र प्रज्वल बस्नेतले निर्वाचन हुनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।
सोहि निवेदनमाथी विहिबार भएको बहसपछि अदालतका न्यायाधीशहरु नारायण प्रसाद पौडेल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले १५ दिनभित्र निर्वाचन गराउन उत्प्रेषणयुक्त परमादेश दिएको हो।
निर्वाचनको विषयमा अदालतमा परेको निवेदनमाथी निवेदकहरुको तर्फबाट अधिवक्ता मेघनाथ खनाल तथा विपक्षीको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद पाण्डे र अधिवक्ता जिवनारायण अधिकारीले बहस गरेका थिए।
बहसपछि अदालतले दिएको उत्प्रेषणयुक्त परामादेशमा कुनै कारणवश स्व.वि.यु. निर्वाचन सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएमा निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगन गरी १५ दिन भित्र रोकीएको चरणबाट अगाडि बढाई निर्वाचन गराउनुपर्नेमा २०८१/१२/१७ मा निर्वाचन स्थगित गरिएको सूचना प्रकाशित गरेकोले उक्त सूचना कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरिदिएको उल्लेख छ।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्