Web Design In Nepal

लायन्स क्लब अफ शंकरनगरको अध्यक्षमा आर्किटेक्ट दिपक भट्टराई

बैसाख ९, २०८२ मंगलबार 468

बुटवल, ८ बैशाख,
लायन्स क्लब अफ शंकरनगरको सोमबार वर्ष २०२५-२६को लागि नया नेतृत्व छनोटको लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचनले आर्किटेक्ट दिपक भट्टराईलाई वर्ष २०२५-२६को अध्यक्षमा निर्वाचित गरेको छ । साथै सोहि निर्वाचनबाट प्रथम उपाध्यक्षमा गोपाल कार्की, दोस्रो उपाध्यक्षमा बाबुराम भण्डारी र तेश्रो उपाध्यक्षमा खगेश्वर भण्डारी चयन भएका छन् भने क्लबका सचिव र कोषाध्यक्षको जिम्मेवारी क्रमशः सुमन पाठक र नारायण भण्डारीले सम्हाल्ने भएका छन् ।

कार्यक्रममा पूर्व अध्यक्षहरु मुकुन्द ज्ञावली, दिपक भण्डारी, श्रवण कुमार जैसवाल र लक्ष्मण पाठकको आतित्त्थ्यता रहेको थियो ।

निर्वाचित अध्यक्ष दिपक भट्टराईले क्लबले विगतमा गरेको सेवा अभियानलाई निरन्तरता दिँने र क्लबको गतिविधिमा थय क्रियाशीलता ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले सबैसंग हातेमालो गर्दै अघि बढ्ने अनेक कार्यक्रम लिएर आउने विश्वास दिलाए । कार्यक्रममा उपस्थित सदस्य तथा अतिथिहरूले नयाँ नेतृत्वलाई सफलताको शुभकामना व्यक्त गर्दै, क्लबको सेवालाई थप उचाईमा पुर्‍याउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन खगेश्वोर भण्डारीले गरेका थिए । निर्वाचनको सम्योजन निर्वाचन आयुक्त मनोज नेपालले गरेका थिए |

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्