Web Design In Nepal

राष्ट्रिय युवा संघ नेपालकाे राष्ट्रिय महाधिवेशनमा महासचिवका बलिया उम्मेदवार खेमराज शर्मा

बैसाख २४, २०८२ बुधबार 85

बुटवल राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशन आगामी जेष्ठ ९ देखि ११ गतेसम्म पोखरामा हुँदैछ। महाधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनबारे व्यापक चर्चा भइरहँदा महासचिव पदका लागि खेमराज शर्माकाे चर्चा भइरहेकाे छ। सगठनकाे काममा परिपक्व,कार्यकर्तामा लोकप्रिय ,राजनीतिक अनुभव, संगठनात्मक कौशल र सामाजिक सेवामा समर्पण—यी सबै विशेषताले सुसज्जित खेमराज शर्मा युवाहरुको सारथीकाे रूपमा आफूलाई उभ्मयाउन सफल भएका छन्।

सानै उमेरदेखि सामाजिक कार्यमा सक्रिय शर्माले २०६१ सालमा प्ररायु संघको वडा कमिटी सदस्यबाट औपचारिक राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसयता गाउँ कमिटी सचिवदेखि लिएर केन्द्रीय कमिटी सचिवसम्मको जिम्मेवारी सम्हाल्ने क्रममा उनले संगठनभित्र आफूलाई सशक्त र जिम्मेवार नेताका रूपमा स्थापित गरेका छन्।

२०७३ मा राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी सदस्य बनेका शर्मा पछि स्थायी कमिटी सदस्य, जिल्ला इन्चार्ज, लुम्बिनी प्रदेश अध्यक्ष हुँदै २०७९ मा सम्पन्न ९औं महाधिवेशनबाट केन्द्रीय सचिव तथा प्रशिक्षण विभाग प्रमुखमा निर्वाचित भएका हुन।

संगठनात्मक भूमिकासँगै उनी पार्टीको जिल्ला कमिटीमा २०६५ सालदेखि निरन्तर सक्रिय छन्। चार कार्यकालसम्म जिल्ला सदस्य, सचिवालय सदस्य, र हाल स्कुल विभाग उपप्रमुखका रूपमा काम गर्दै आएका शर्माको योगदानले उनलाई जिल्लादेखि केन्द्रीय तहसम्म एक बौद्धिक र जनप्रिय नेताको छवि दिलाएको छ।

सामाजिक कार्यमा उत्तिकै सक्रिय शर्माले कमजोर वर्ग, विपन्न समुदाय र युवाहरुको सवालमा लगातार आवाज उठाउँदै आएका छन्। राजनीतिक परिपक्वता, वैचारिक स्पष्टता र वर्गीय नेतृत्व क्षमताका कारण उनी अहिले महासचिव पदका लागि संगठनभित्र लोकप्रियता हासिल गरेका छन्।

संगठनका सबै तह पार गर्दै आएको अनुभव, सामाजिक समर्पण र जनस्तरमा व्यापक लोकप्रियता भएकाले खेमराज शर्मा १०औं महाधिवेशनमा महासचिव पदका एक सशक्त र योग्य उम्मेदवारको रूपमा स्थापित भएकाे युवा संघका नेताहरूले चर्चा गरिरहेका छन्।

Author

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्