Web Design In Nepal

Author: admin

भैरहवामा रवि लामिछानेको तेस्रो दिन पनि बयान जारी, बयान सकेर पोखरा पठाइने

भैरहवामा रवि लामिछानेको तेस्रो दिन पनि बयान जारी, बयान सकेर पोखरा पठाइने

Posted in होम पेज(uncategorised)
२९ कात्तिक, बुटवल । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज बिहीबार तेस्रो दिन पनि बयान सुरू भएको छ । पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि लिखित बयान लिन सुरू गरिएको हो । हिजो १० घण्टा बयान लिइएको थियो । रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जीतसिंह राठौरले लामिछानेको बयान आज सकिने र सकिएपछि पोखरा पठाइने बताए । मंगलबार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबार पहिलो दिन मौखिक र हिजोदेखि लिखित बयान लिइएको थियो । बयानमा सरकारी न्यायधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता छ । बयानका आधारमा पुरुक प्रतिवेदन बनाउने तयारी छ । जिल्ला प्
बागलुङको छिस्तीमा ‘पिकअप भ्यान’ दुर्घटना, ५ जनाको मृत्यु

बागलुङको छिस्तीमा ‘पिकअप भ्यान’ दुर्घटना, ५ जनाको मृत्यु

Posted in समाचार
पाेखरा। बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी-७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । ग २ च ९२४७ ‘पिकपअभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । घटनामा मृतकको पहिचान खुलिसकेको छैन । ‘पिकअपभ्यान’मा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।
नेपालले आज थाइल्याण्डविरुद्व खेल्दै

नेपालले आज थाइल्याण्डविरुद्व खेल्दै

Posted in खेलकुद, समाचार
२५ कात्तिक, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ । नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो सवा तीन बजे सुरु हुनेछ । गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पराजित भएको थियो । उक्त खेलमा नेपाल यूएईसँग १३ रनले पराजित भएको हो । प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई/दुई खेल खेल्ने छन् । सहभागी च
स्थानीय र पश्चिमी वायुको संयुक्त प्रभावले हल्का वर्षाको सम्भावना, <br><h3>वायु प्रदूषण घट्ला ? </h3

स्थानीय र पश्चिमी वायुको संयुक्त प्रभावले हल्का वर्षाको सम्भावना,

वायु प्रदूषण घट्ला ?

Posted in नेपाल, समाचार
२५ कात्तिक, काठमाडौं । स्थानीय र पश्चिमी वायुको संयुक्त प्रभावले पहाडी क्षेत्रमा हल्का खालको वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । यो वर्षाको प्रभाव कोशी प्रदेशमा बढी र अन्य प्रदेशमा कम पर्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज र भोलि (आइतबार र सोमबार) कोशी प्रदेशसहितका पहाडी क्षेत्रमा छिटफुट खालको वर्षा हुने छ । तर मंगलबार भने आइतबार र सोमबारको तुलनामा केही ठूलो वर्षा हुने छ । उक्त वर्षाको प्रभाव कोशी, बागमती र गण्डकी प्रदेशसम्म देखिने मौसमविद मानन्धरको भनाइ छ । यद्यपि कात्तिक १८ र १९ गतेको जस्तो ठूलो वर्षा भने नहुने मौसम पूर्वानुमान महाशाखाका मौसमविदको भनाइ छ । कात्तिक १८ र १९ गतेपछि खासै वर्षा नभएकाले वायु प्रदूषण बढेको छ । वायु प्रदूषण शहरी क्षेत्रमा अझ बढी देखिन्छ । वायु प्रदूषणलाई हटाउन
प्रधानमन्त्रीको चीन भ्रमण विगतकै समझदारी कार्यान्वयनमा केन्द्रित हुने

प्रधानमन्त्रीको चीन भ्रमण विगतकै समझदारी कार्यान्वयनमा केन्द्रित हुने

Posted in ब्यानर, राजनीति, समाचार, होम पेज(uncategorised)
२४ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा विगतका समझदारी कार्यान्वयनमा जोड दिने बताएका छन् । शनिबार बसेको पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले भ्रमण छोटो हुने बताए । ‘डिसेम्बर पहिलो साता हुन्छ भ्रमण, एकदम छोटो भ्रमण हुन्छ यसचोटी, दुई पक्षीय भेटघाट र वार्ता सकेर उहाँ फर्किनुहुन्छ’, उनले भने, ‘मूलत विगतमा चिनियाँ राष्ट्रपति नेपाल आउँदा भएका उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यू चीन भ्रमण गर्दा भएका समझदारी कार्यान्वयनमै हाम्रो जोड हुनेछ । त्यस अलावा स्वभाविक रुपमा दुई पक्षीय हितका विषयमा कुराकानी हुनेछ ।’ प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालको अधिकतम हित हुने गरी समझदारीहरु हुने उनले बताए । उपमहासचिव ज्ञवालीले कांग्रेस–एमाले सम्मिलित संयन
रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने कार्य सरकारको प्राथमिकतामाः मन्त्री दाहाल

रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने कार्य सरकारको प्राथमिकतामाः मन्त्री दाहाल

Posted in समाचार
काठमाडौं ।  भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने कार्यमा सरकार लागिपरेको बताएका छन् ।  मंगलबार काठमाडौंमा प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले युवाहरुलाई राष्ट्र निर्माणमा चासो देखाउन सक्ने बनाउनुपर्ने भन्दै सरकार त्यो काममा लागेको बताए । उनले भने, ‘युवाहरुलाई राष्ट्र निर्माणमा चासो देखाउन सक्ने बनाउनु पर्छ, उनीहरुलाई अहिले परिणाम र रोजगारी चाहिएको छ । अहिले नभए पनि भविष्यमा हुन्छ भन्ने विश्वास दिलाउन सक्नु पर्छ तर हामीले त्यो काम गर्न सकि रहेको अवस्था छैन् । त्यसकारण रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने कार्यमा लाग्नु पर्ने आवश्यकता छ । सरकार यही काममा लागेको जानकारी पनि गराउन चहान्छु ।’ यसको साथै, उनले नयाँ पुस्ताहरुले हाम्रो विकास योजना र अध्ययनमा उठेका प्रश्नहरुक
खेल महाेत्सवकाे तेस्रो दिन अक्सफोर्ड मा.वि बुटवलमा विभिन्न खेलकुद सम्पन्न ।

खेल महाेत्सवकाे तेस्रो दिन अक्सफोर्ड मा.वि बुटवलमा विभिन्न खेलकुद सम्पन्न ।

Posted in समाचार
बुटवल ।अक्सफोर्ड मावि बुटवलले देवीनगरस्थित एन्फा एकेडेमीमा एक समारोहका बिच सुरु गरेको खेलकुद कार्यक्रम अन्तर्गत शनिबार र आइतबार दोस्रो तथा तेस्रो दिनका खेलकुदहरू सम्पन्न भएका छन् । विभिन्न सदनहरूमा विभाजित कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूले विभिन्न खेलहरूमा उत्साहपूर्ण सहभागिता जनाएका छन् । २०८० माघ १२ गते शुक्रबारदेखि सुरु गरिएको उक्त कार्यक्रम निरन्तर रूपमा चार दिनसम्म सञ्चालन हुने जानकारी विद्यालयले दिएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीले अध्यक्षता ग्रहण गर्नुभएको उक्त कार्यक्रमको दोस्रो र तेस्रो दिनमा कक्षा १ र २ तर्फ स्वीट रेस , इन आउट खेल , फ्रग रेस ,कक्षा ३ र ४ तर्फ १०० मिटर दौड, स्किपिङ, कलेक्टिङ बल जस्ता खेल तथा दौडहरू सञ्चालन गरिएका थिए भने कक्षा ५ र ६ तर्फ इन आउट, चम्चा गुच्छा दौड, म्युजिकल चेयर जस्ता खेल तथा दौडहरू सञ्चालन गरिएका थिए
प्रथम राष्टपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि देवदह मा.वि लाई

प्रथम राष्टपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि देवदह मा.वि लाई

Posted in होम पेज(uncategorised)
बुटवल१४, देवदहमा जारी प्रथम रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि देवदह माध्यमिक विद्यालयले उचालेको छ । माघ १२ देखि १४ सम्म संचालित प्रतियोगितामा भएका खेलहरूमा सर्वाधिक १२ स्वर्ण पदक जित्दै देवदह माध्यमिक विद्यालयले रनिङ सिल्ड उचालेको हो ।देवदह माविले १२ स्वर्ण सङ्गै ४ रजत र ३ काश्य हात पारेको छ । त्यस्तै सगरमाथा आवासीय माविले ३ स्वर्ण, ६ रजत र २ कास्य जित्दै द्वितीय भएको छ, भने केरवानी माविले ३ स्वर्ण ५ रजत र ६ कास्य जित्दै तेस्रो स्थान हासिल गरेको छ । रनिङ शिल्ड उचालेको देवदह माविले नगद १५ हजार, द्वितीय स्थान हासिल गरेको सगरमाथा आवासीय माविले नगद १० हजार र तृतीय भएको केरवानी माविले नगद ५ हजार प्राप्त गरेको छ । रनिङ शिल्ड प्रतियोगिताको समापन समारोह जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यता, देवदह नगरपालिका नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, उपप्
मदन भण्डारी प्रथम खुल्ला फुटसल रनिङ्गशिल्ड आजबाट सुरु,१५ टिम सहभागी

मदन भण्डारी प्रथम खुल्ला फुटसल रनिङ्गशिल्ड आजबाट सुरु,१५ टिम सहभागी

Posted in समाचार
काठमाडाै १४,मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आजदेखि मदन भण्डारी खुल्ला फुटसल रनिङ्गसिल्ड प्रतियोगिता सुरु भएको छ । काठमाण्डौको सामाखुसीमा आयोजित कार्यक्रमा काठमाडौ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले खेलकुद क्षेत्रको विकासले सबै क्षेत्रमा फाईदा पुग्ने बताउनुभयो । खेलकुदका माध्ययमबाट राष्ट्रलाई चिनाउन सकिने चर्चा गर्दै उहाँले खेलाडी उत्पादन र स्तरबृद्धिमा स्पोर्टस् एकडेमीले उल्लेखनिय योगदान गरिरहेको उल्लेख गर्नुभयो । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एकेडेमीका सल्लाहकार तथा पुर्व प्रदेश सभासद मोहन रेग्मी,उपाध्यक्ष तेजबिक्रम बस्नेत,उपमहासचिब सुवर्ण श्रेष्ठ लगायतले बोल्नु भएको थियो । कार्यक्रम संयोजक सरिला श्रेष्ठका अनुसार माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका १५ वटा टिमक
हाेराइज गाैतमबुद्ध मा.वि मा खाना महाेत्सव, सिङ्गिङ् आइडल, नृत्य  तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

हाेराइज गाैतमबुद्ध मा.वि मा खाना महाेत्सव, सिङ्गिङ् आइडल, नृत्य तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

Posted in समाचार
तिलोत्तमा,माघ १२ होराइजन गौतम बुद्ध मा.वि.ड्राइभरटोल रुपन्देहीमा खाना महोत्सव, नतिजा प्रकाशन, सिङ्गिङ् आइडल तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । कक्षा ६ देखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरुले खाना महोत्सव कार्यक्रम आयोजना गरेका हुन् भने विद्यालयद्वारा सिङ्गिङ् आइडल तथा नृत्य प्रतियोगिता, दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण र अभिभावक भेला आयोजना गरिएको थियोे । होराइजन गौतम बुद्ध मा.वि.का अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठको सभाध्यक्षता रहेको कार्यक्रममा तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रुपन्देहीका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा न्यु होराइजन इ.बो.मा.वि.मातृसंस्थाका प्राचार्य लोकनाथ उपाध्याय विशिष्ट अतिथिका रूपमा रहनु भएको थियो । कार्यक्रममा विद्यालय सञ्चालक समितिका पदाधिकारी महे