राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यद्वारा पदवहाली
Posted in नेपाल, लुम्बिनी प्रदेश, समाचार
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले सोमबार पदवहाली गरेका छन् ।
उनलाई युवा तथा खेलकुद मन्त्रालयले सोमबारै मनोनयन पत्र हस्तान्तरण गर्नुका साथै खेलकुद मन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई राखेपमा स्वागत गरेका थिए । पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल उप–महानगरपालिका ७ का आचार्यलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको थियो ।
आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय अध्यक्ष समेत हुन् ।