
एमडीएमएस खरिदमा भ्रष्टाचार गरेको अभियोगमा झा र खनाल दोषी ठहर
Posted in समाचार
काठमाण्डौ – विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली खरिदमा भ्रष्टाचार गरेको ठहर गरेको छ । न्यायाधीशहरु टेक नारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको छ ।
अदालतले झा र खनालसहित न्यूमेरा मलेसिया, ओएसआई कन्सल्टिङ प्रालिका ग्रुप चेयरमेन मोहम्मद नुर अमिन बिन मोहम्मद नुर खानलाई १ वर्ष कैद सजाय र दामासही रूपमा जनही ५ करोड ८० लाख रुपैयाँका दरले कुल २३ करोड २० लाख रुपैयाँ बिगो जरीवाना भराउने फैसला गरेको हो ।
झा र खनाल संस्थाको प्रमुख भएको हुँदा थप एक महिना कैद सजाय हुने ठहर अदालतले गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैतमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा झासहित २० जनाविरुद्ध विशेषमा मुद्दा दायर गरे