Web Design In Nepal

Author: shovakhar pandey

राष्टिय युवा संघ नेपाल अर्घाखाँचीको दशौ जिल्ला अधिवेशन चैत २२ गते

राष्टिय युवा संघ नेपाल अर्घाखाँचीको दशौ जिल्ला अधिवेशन चैत २२ गते

Posted in नेपाल, राजनीति, समाचार, समाचार१, साधारण सभा, होम पेज(uncategorised)
अर्घाखाँची । राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको पुर्ण वैठक नेकपा एमाले जिल्ला पाटी कार्यलय सन्धिखर्कमा सम्पन्न भएको छ। संगठनका जिल्ला अध्यक्ष शोभाखर पाण्डेको अध्यक्षमा बसेको बैठकले राष्टिय युवा संघ नेपाल अर्घाखाँचीको दशौ जिल्ला अधिवेशन चैत २२ गते शुक्रबार गर्ने निर्णय गरेको छ ।   नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्वर भुषालको प्रमुख आतिथ्यता, उपाध्यक्ष तथा जनसंगठन सम्वन्नयन सम्यन्त्रका संयोजक शम्भु पोखरेलको विशेष आतिथ्यता, जिल्ला कमिटी सदस्य तथा फ्याक्सन इन्चार्ज नारायण वस्याल, संगठनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज  विक्रम खनाल, प्रदेश कमिटि सदस्य अभिनव भुषाल, वसन्त केसी लगायतका नेताहरूको आतिथ्यता रहेको थियो। वैठकले  यहि चैत्र १५ गते सम्म प्रतेक वडावाट १ महिला सहित २ खुल्ला प्रतिनिधि ल्याउने र बाकी कामको लागि विभिन्न उप समितिहरू गठन गरेको छ । बैठकमा बोल्ने वक
स्यालको भ्रम (लघुकथा)

स्यालको भ्रम (लघुकथा)

Posted in नेपाल, मनोरंजन, रोचक, विचार, साहित्य, सुचना, होम पेज(uncategorised)
स्यालको भ्रम (लघुकथा) एक घना जंगलको बीचमा एउटा लुखुरे स्याल बस्थ्यो। ऊ सानो छँदा नै आफ्नो चतुराइँका कारण बाँचेको थियो तर ऊ सँधै आफूलाई कमजोर महसुस गर्थ्यो। जंगलमा सिंहहरूको बथान राज गर्थ्यो, जसको गर्जनले सबै जनावरहरू थर्कमान हुन्थे। लुखुरे स्यालले सोच्यो, "यदि म सिंहजस्तै बन्न सकें भने मलाई पनि डराउने कोही हुँदैन।" लुखुरे स्यालको मनमा सिंह बन्ने रहर जाग्यो। ऊ दिनभर सिंहहरूको हाउभाउ नियाल्न थाल्यो। सिंहहरू जस्तो हिँड्ने, उनीहरू जस्तै गर्जन निकाल्ने र उनीहरूकै जस्तै शिकार गर्ने सपना देख्न थाल्यो तर उसलाई यो थाहा थिएन कि सिंह बन्न केवल नक्कल गरेर हुँदैन, त्यसका लागि साहस, बल र जन्मजात गुण हुनुपर्छ। एकदिन त्यस स्यालले आँट गरेर सिंहहरूको बथानमा जाने निर्णय गर्यो। ऊ आफूमा भएको आत्मविश्वास देखाउँदै सिंहको बथानतिर अघि बढ्यो। सिंहहरूले स्याललाई अचम्म मान्दै हेरे र त्यस बथानको एउटा सिंह
नेकपा (एमाले) छत्रदेव गाउपालिका कमिटीको प्रथम पुर्ण वैठक सम्पन्न

नेकपा (एमाले) छत्रदेव गाउपालिका कमिटीको प्रथम पुर्ण वैठक सम्पन्न

Posted in राजनीति, लुम्बिनी प्रदेश, समाचार
फागुन १२, अर्घाखाँची -  नेकपा  एमाले छत्रदेव गाउपालिका कमिटीकोकाे प्रथम पुर्ण वैठक सम्पन्न भएकाे छ। रामजी प्रसाद पाण्डेकाे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा एमालेले ३ महिना जरा अभियान कार्यक्रम अन्तरगतका लागि पार्टी जिल्ला कमिटिकाे सर्कुरल सचिव प्रकाश पाैडेलकाे वाचनसगै अवका तीन महिना छत्रदेव गाउपालिकाका वडा तह र टाेल हुँदै गाउँ घरसम्म पार्टीको कार्यक्रम लाैजाने गरि निर्णय गर्याे । अवकाे तीन महिना पार्टी नेता कार्यकर्ता सवै टाेल टाेल र प्रतेक मतदातासंग पार्टीकार्यक्रम लिएर जाने समेत निर्णय भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश कमिटि सदस्य मनि पन्थि, विशेष अतिथिमा केन्द्रीय प्रतिनिधि परिषद् सदस्य प्रकाश ज्ञवाली तथा पालिका सम्वन्य प्रमुख माधव पन्थी जिल्ला कमिटि सदस्य रुपा प्रधान लगाएतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । वैठक उपाध्यक्ष शान्ता थापाकाे स्वा
जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने

जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने

Posted in नेपाल, रोजगार, समाचार, होम पेज(uncategorised)
 माघ ३०, काठमाडौं - जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको छ। नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘नेपाल–जापान सेवा आदान–प्रदान कार्यक्रम’ अन्तर्गत २० हजार केयरगिभरलाई लैजाने घोषणा गरेको हो। कार्यक्रमलाई प्रभावकारी बनाउन जापानका जेन्काउ रिसर्च इन्स्टिच्युटका, कोजाई कोसन कर्पोरेसन प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, सन एन्ड कम्पनी प्रालि र सान्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। स्वास्थ्य सेवाका क्षेत्रमा जापानमा कामदार आवश्यक रहेकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारीमा अवसर सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले जानकारी दिए। जापानको स्वास्थ
राष्ट्रिय युवा संघ नेपालले १०औँ राष्ट्रिय महाधिवेशन आगामी वैशाख अन्तिममा

राष्ट्रिय युवा संघ नेपालले १०औँ राष्ट्रिय महाधिवेशन आगामी वैशाख अन्तिममा

Posted in राजनीति, विचार, समाचार, साधारण सभा, सुचना
माघ ३०, काठमाडौ - नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले १०औँ राष्ट्रिय महाधिवेशन आगामी वैशाख अन्तिममा गर्ने भएको छ । युवा संघका महासचिव सुमन पुरीले बुधवार मातहतका जिल्ला कमिटीलाई सर्कुलर पठाउँदै महाधिवेशनबारे जानकारी गराएका हुन् । सर्कुलरमा भनिएको छ, ‘नेकपा (एमाले) लेनिनवादी संगठनात्मक सिद्धान्त अनुसार चल्ने पार्टी हो । सोही हाम्रो सङ्गठनको विधान अनुसार प्रत्येक दुई वर्षमा अधिवेशन गर्नुपर्ने हुन्छ । सङ्गठनको ९औँ महाधिवेशन २०७९ साल चैत्र २७ गतेदेखि ३० गतेसम्म नेपालगञ्जमा सम्पन्न भएको थियो । तसर्थ: सङ्गठनको १० औँ महाधिवेशन आगामी २०८२ साल बैशाख मसान्तभित्रमा हुने छ । उनले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफलीभूत बनाउन राजनीतिक स्थिरता पहिलो सर्त भएकाले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने अभियानमा लाग्न पनि निर्देशन दिएका छन् । युवा संघले कोशीमा
बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि जलमग्न

बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि जलमग्न

Posted in दुर्घटना, नेपाल, बागमती प्रदेश, समाचार
माघ३०, काठमाडौँ - काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि जलमग्न भएको छ । बुधबार दिउँसो पाइप फुटेपछि जिल्ला अदालत काठमाडौं अगाडि सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरूसमेत डुबानमा परेका छन् ।  
टाेपवहादुर राेगसंगै कारागारमा

टाेपवहादुर राेगसंगै कारागारमा

Posted in अपराध, नेपाल, राजनीति, लुम्बिनी प्रदेश, समाचार, होम पेज(uncategorised)
माघ ३०, काठमाडौ - नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई करोडौँ असुल्ने गिरोहसँग साँठगाँठ गरेको आरोप लागेका तत्कालिन गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँण बाहिरै बसेर मुद्दा पुर्पक्ष गरिरहेका छन् । उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्व जोडिएको यस प्रकरणका अर्का पात्र हुन्, एमाले नेता तथा सांसद टोपबहादुर रायमाझी । प्रत्यक्ष–अप्रत्यक्ष संलग्नता रहेको भनिएका खाँण अदालतको आदेशले जेलमुक्त हुँदा उनी भने केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।  माओवादीमा प्रचण्डपछि दोस्रो वरियताको नेता दावी गर्ने रायमाझी पटक–पटक मन्त्री र उपप्रधानमन्त्रीसम्म भए । आफूले रगत पसिना बगाएर बनाएको पार्टी त्यागी एमालेमा प्रवेश गरेका उनी अभियोग लागेसँगै पार्टी जिम्मेवारी र सांसद पदबाट निलम्बनको अवस्थामा छन् । प्रोस्टेट, उच्च रक्तचाप र मुटुसम्बन्धी समस्यासँग लडिरहेका उन
सेयर कारोबार मापक नेप्से परिसूचक दुई अङ्कले घट्यो

सेयर कारोबार मापक नेप्से परिसूचक दुई अङ्कले घट्यो

Posted in अर्थतंत्र, ऋणपत्र, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, म्युचल फण्ड, शेयर बजार, समाचार, हकप्रद शेयर, होम पेज(uncategorised)
माघ २८, काठमाडौ -  सेयर कारोबार मापक नेप्से परिसूचक १०.९८ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ७७.३२ विन्दुमा ओर्लेको छ । उक्त दिन कारोबारमा आएकामध्ये ७७ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १६१ वटाको घट्यो भने बाँकी ६ वटा कम्पनीको स्थिर रह्यो । ७४ हजार ८ सय ६४ पटकको कारोबारमा १ करोड ४४ लाख ४३ हजार ७ सय ६५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ७ अर्ब ९६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । मंगलबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये व्यापार र अन्य बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।
आर्थिक अनुसन्धान केन्द्र नेपालद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आर्थिक अनुसन्धान केन्द्र नेपालद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted in अर्थतंत्र, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, राजनीति, लुम्बिनी प्रदेश, विचार, समाचार१, होम पेज(uncategorised)
माघ २६, बुटवल - आर्थिक अनुसन्धान केन्द्र नेपाल देशमा विधिकाे शासन र याेग्यव्यक्तीले उपयुक्त जिम्मेवारी नहुदासम्म युवाले देश छाड्नेदर घटाउन कठिन रहेकाे विज्ञहरुकाे निष्कर्ष शनिबार बुटवलमा आर्थिक अनुसन्धान केन्द्र नेपालकाे आयाेजनामा भएको बढ्दो युवा जनशक्ति र पुँजीकाे पलायनले प्रादेशिक अर्थतन्त्रमा पार्ने प्रभाव विषयमा अन्तरक्रिया कार्यक्रममा सहभागीले याे बताएका छन् । उक्त कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डाक्टर बावुराम ज्ञवाली रहनु भएको थियाे । कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि ज्ञवालीले देश छाड्नेहरुकाे लाईनले यहाँ बसेका युवामा निरासा आउनु हुदैन । देश हामी आफैले बनाउनुपर्छ । ज्ञान र अनुभव आर्जनको लागि विदेश गएता पनि मातृभूमिकाे माया र समृद्धिका लागि सक्रिय याेगदान गर्नका लागि नेपाल फर्केकीएर कर्म गर्नुपर्ने बताउनु भयाे । विशिष्ट अतिथि संविधान सभा
अक्सफोर्ड मा वि बुटवलमा बाल ब्यास अनुराधा पाण्डेद्धारा प्रवचन

अक्सफोर्ड मा वि बुटवलमा बाल ब्यास अनुराधा पाण्डेद्धारा प्रवचन

Posted in जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, मनोरंजन, लुम्बिनी प्रदेश, विचार, समाचार, साहित्य, होम पेज(uncategorised)
माघ २४, बुटवल - बाल ब्यास विश्व बन्दनीय पुज्य अनुराधा पाण्डेले अक्सफोर्ड मा.वि बुटवलका विद्यार्थी तथा शिक्षक कर्मचारीलाई प्रवचन दिएकी छिन् । वैद्धिक सनातन धर्मको रक्षार्थ संसारभर नेपाली,हिन्दी र संस्कृति विषयमा उनलेे प्रवचन दिदै आएकी छन्। वृन्दाबनमा कक्षा ५ मा अध्ययनरत रहेकी अनुराधाले विद्यार्थीहरूलाई प्रवचन दिदै विद्या सिमित रूपमा नरहेको उल्लेख गरी सबै बस्तुबाट विद्या प्राप्त हुने बताइन् ।आफू पनि कक्षा ५ मा अध्ययनरत रहेको कुरा बताउँदै शिक्षा लिन ध्यान आवश्यक रहेको उल्लेख गर्दै आफ्नो साधनामा निरन्तर लाग्नुपर्नेमा जाेड दिइन।विद्यार्थी विद्यालाई चाहाने व्यक्ति भएको हुदा कर्ममा लाग्न आग्रह गर्दै शिक्षाको मन्दिरलाई जहिले पनि सम्मान गर्नुपर्नेमा जाेड दिदै आमा,बुबा र गुरूलाई सदा सम्मान गर्नुपर्नेमा जाेड दिइन्। विद्यार्थीहरूलाई विभिन्न कथाहरू मार्फत प्रवचन दिदै अनुराधाले जुन मानिस धन ,स