Web Design In Nepal

खेलकुद

हाेराइजन गौतम बुद्धद्वारा शिक्षक,कर्मचारीलाई  रिफरेसमेन्ट तालिम प्रदान

हाेराइजन गौतम बुद्धद्वारा शिक्षक,कर्मचारीलाई रिफरेसमेन्ट तालिम प्रदान

Posted in खेलकुद, समाचार
बुटवल ५,होराइजन गौतम बुद्ध मा.वि.ले शिक्षक,कर्मचारी तथा सेयर सदस्यहरूलाई एक दिने रिफरेसमेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम प्रदान गरेको छ । मोटिभेसनल स्पिकर तथा भागवत गीताका शिक्षक विदूर फुइयालले सहजिकरण गरेको कार्यक्रममा शिक्षकहरूलाई योग, व्यायाम, ध्यान लगायत पेशागत सिकाइलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने कुरामा गीताका विभिन्न श्लोक र तिनको नेपाली अर्थसहित स्पष्ट गर्नुभएको थियो । सहभागीहरूलाई विभिन्न तरिकाबाट रिफरेस गराउँदै स्ट्रेस म्यानेजमेन्ट र मोटिभेसनल ट्रेनिङमा ध्यान केन्द्रित गर्नुभएको थियो । अनौपचारिक रूपमा सञ्चालन भएको कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा सञ्चालकहरूलाई एउटै स्थानमा राखी गरिएको यस कार्यक्रमको उद्देश्य पेशागत समर्पण, व्यवस्थापकीय कौशल, अनुशासनका साथै संस्थामा आवद्ध सबैलाई रिफरेसमेन्ट गराउनुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाध
डा.बस्नेतकाे निर्णायक गाेलमा एकेडेमीको राेमाञ्चक जित।

डा.बस्नेतकाे निर्णायक गाेलमा एकेडेमीको राेमाञ्चक जित।

Posted in खेलकुद, लुम्बिनी प्रदेश, समाचार
बुटवल, २९ बैशाख । खेलकुदमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ शनिबार बुटवलमा मदन भण्डारी स्पोर्टस एकेडेमी र संचारकर्मी बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । देविनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमी ४—३ गोलले विजयी भएको छ । खेलको पहिलो मिनेटमा संचारकर्मीका तर्फबाट विष्णु घिमिरेले गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाएका थिए तर यो धेरै बेर टिक्न सकेन । एकेडेमीका डा सुशिल खनालले पेलाल्टी शुटमार्फत गोल फर्काए । संचारकर्मीको तर्फबाट दिनेश श्रेष्ठले अर्को गोल गर्दै फेरि अग्रता दिलाए पनि फेरी एकेडेमीका डा.सुशील खनाल ब्यक्तिगत दोस्रो बराबरी गोल गरे । खेलको दोस्रो हाफमा संचारकर्मीबाट स्वस्तिक श्रेष्ठले गोल गर्दै खेलमा पुन अग्रता दिलाए भने एकेडेमीका संग्राम मल्लले फेरि बराबरी गोल गरे । खेलको अन्तिम समयमा डा.शक्ति ब
डा.बस्नेतकाे निर्णायक गोलमा एकेडेमीको राेमाञ्चक जित ।

डा.बस्नेतकाे निर्णायक गोलमा एकेडेमीको राेमाञ्चक जित ।

Posted in खेलकुद, समाचार
२९ बैशाख २०८१, शनिबार ट्रेंडिंग: >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्ष
अक्सफोर्ड प्रथम फुटसल प्रतियाेगिताकाे उपाधि साेल्टी युनाइटेड विलाई।

अक्सफोर्ड प्रथम फुटसल प्रतियाेगिताकाे उपाधि साेल्टी युनाइटेड विलाई।

Posted in खेलकुद, समाचार
बुटवल,७ अक्सफोर्ड मा.वि बुटवलमा एस.इ.इ दिएर बसेका विद्यार्थीहरुको प्रतिभालाई पहिचान गर्ने उद्देश्यले आयाेजित प्रथम फुटसल प्रतियोगिताको समापन भएको छ। लुम्बिनी फुटसल एरीना योगिकुटीको खेल मैदानमा सञ्चालन भएको खेलमा रूपन्देही जिल्लाका विभिन्न २२ समूहको सहभागीता रहेको थियोे । एस.इ.इ दिएर बसेका विद्यार्थीहरुको प्रतिभालाई पहिचान गर्ने उद्देश्यले २०८१ वैशाख ०६ र ०७ गते सञ्चालन भएको खेलकाे एक कार्यक्रमका विच सम्पन्न भएको छ ।हिजो भएको खेलमा सेमीफाईनलमा पुगेका चार समुहहरु ः Solti United B , Lafa Boys , Siddhartha A र Lumbini F.C Nawalparasi मध्ये , Solti United B र Lumbini F.C Nawalparasi फाईनलमा प्रवेश गरेका थिए। फाइनलमा गएका टिममध्ये Solti United B ले प्रथम स्थान हासिल गरी नगद रु १५,००० , ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।Lumbini F.C Nawalparasiदोस्रो स्थानमा चित्त बुझाई नगद
प्रदिप रानाको स्मृतीमा 7A साइड नकआउट फुटबल सुरु ,३४ टिम सहभागी

प्रदिप रानाको स्मृतीमा 7A साइड नकआउट फुटबल सुरु ,३४ टिम सहभागी

Posted in खेलकुद, समाचार
बुटवल २८,प्रदिप राना मगरको स्मृतीमा 7A साइड नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। ल्याड बेसक्याम्प बुटवलद्वारा आयाेजित फुटबल टुर्नामेन्टमा ३४ टिमको सहभागिता रहेको छ।वडा सदस्य यमुना काउचाको प्रमुख आतिव्यतामा भएको कार्यक्रममा HYC Butwal - 17 US Mayadevi FC Devdaha - ८ विच प्रतिष्पर्धा भएको थियो। जसमा HYL Butwal ले ३ गोल हानी विजय सुरुवात गरेको छ। जसमा किरण शाहीले २ गोल हानेका थिए। रामनगरमा सञ्चालन भएकाे उक्त खेल एक हातासम्म चल्ने र खेलमा प्रथम हुनेले ५५५५५ र द्वितीय हुनेले ३३,३,३३ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उक्त कार्यक्रम एक हप्तासम्म चल्नेछ। कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यमुना काउचाले प्रदिप रानाकाे स्मरण गर्दै ,यस्ता खेलले खेलाडीहरूकाे पहिचान हुनुका साथै किशाेरकिशाेरीलाई विभिन्न कुलतमा फस्न नदिई अनुशासनमा रहन शिक्षा दिने बताउनुभयो ।
महिला हक्कीको उपाधि आर्मीलाई,आयाेजक बन्यो उपविजेता

महिला हक्कीको उपाधि आर्मीलाई,आयाेजक बन्यो उपविजेता

Posted in खेलकुद
बुटवल,मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित खेल मैदानमा आइतबार भएको फाइनल खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४–२ गोलले हरायो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। आर्मीको जितमा सितामाया बल र सीमा खड्काले दुई दुई गोल गर्नुभयो। बलले ३८औँ र ५८औँ तथा खड्काले ४२औँ र ५४औँ मिनेटमा गोल गर्नुभएको थियो। यस्तै मदन भण्डारी एकेडेमीका लागि मधु राईले दुई गोल गर्नुभयो। राईले ४८औँ र ४९औँ मिनेटमा गोल गर्नुभयो। उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपियाँ पुरस्कार पायो। उपविजेता मदन भण्डारीले एक लाख रुपियाँ पायो। फाइनल खेलमा आर्मीकी सितामाया बल प्लेयर अफ दि म्याच हुनुभयो। उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीको उपाधि आर्मीकी सरस्वती ता
मदन भण्डारी स्पोर्ट्स एकेडेमी,महिला हक्की प्रतियोगितामा विजयी

मदन भण्डारी स्पोर्ट्स एकेडेमी,महिला हक्की प्रतियोगितामा विजयी

Posted in खेलकुद, समाचार
बुटवल।खेल आयाेजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनकपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा मङ्गलबार जित निकालेको छ । एकेडेमीले मधेश प्रदेशलाई ३–१ गोलले हरायो । विजयी टिमका लागि ‘प्लेयर अफ दि म्याच’ मधु राईले दुई तथा शोभा शर्माले एक गोल गर्नुभयो । मधेशकी शुभमले एक गोल गर्नुभयो । प्रतियोगिताको अन्य खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल आर्मीले जित निकाले । सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ३–० गोलले हरायो । सुदूरपश्चिमका लागि ‘प्लेयर अफ दि म्याच’ सन्जनाकुमारी भारतीले दई तथा नमिता एसकेले एक गोल गर्नुभयो । आर्मीले कोशी प्रदेशमाथि ६–० गोलको जित निकाल्यो । आर्मीको जितमा दम्मरा भट्ट, सरस्वती तामाङ, सीतामाया बालाक्लाभा, कमला चन्द, ममता भट्ट र सीमा खड्काले गोल गर्नुभयो । दम्मरा भट्ट ‘प्लेयर अफ दि म्याच’ हुनुभयो । फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा कर्णालीबाहे
१७ औ मनमोहन स्मृति वडा कपको उपाधि वडा नम्बर ६ लाई

१७ औ मनमोहन स्मृति वडा कपको उपाधि वडा नम्बर ६ लाई

Posted in खेलकुद, समाचार
बुटवल, ५ माघ । बुटवलमा सम्पन्न मनमोहन कप नकआउट फुटबल प्रतियोगिता २०८० को उपाधि वडा नं ६ ले हात पारेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा शनिबार भएको फाईनल खेलमा वडा नं ७ लाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफनो पोल्टामा पारेको हो । उपाधिसंगै वडा नं ६ नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता वडा नं. ७ भने नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा गतवर्षको विजेता टिम वडा नं १७ अनुसासित टिमबाट पुरस्कृत भयो । यसैगरि वडा नं ११ का मिलन आले हाई स्कोरर, वडा नं ६ का सन्देश खनाल उत्कृष्ट गोलरक्षक, वडा नं ७ का अनुप गुरुङ राईजिङ प्लेयर घोषित हुदै नगद ३ हजार रुपैया तथा वडा नं ७ का मोहन थापा सर्वोत्कृष्ट खेलाडी ८ हजार रुपैयाबाट पुरस्कृत भए । स
खेल सप्ताहकाे दोस्रो दिन हाेराइजन जिविएसमा विभिन्न खेल सम्पन्न

खेल सप्ताहकाे दोस्रो दिन हाेराइजन जिविएसमा विभिन्न खेल सम्पन्न

Posted in खेलकुद, समाचार
बुटवल ।रुपन्देहीको तिलोत्तमा-१ स्थित होराइजन गौतमबुद्ध माविमा शुक्रबारदेखि सञ्चालन भएको खेलकुद तथा पुरस्कार वितरण सप्ताहकाे दोस्रो दिन विभिन्न खेलविधामा विद्यार्थीहरूविच प्रतिस्पर्धा भएको छ । तिलोत्तमा नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले उद्घाटन गरेकाे खेल सप्ताहकाे आज दोस्रो दिन २०० मिटर दाैड सम्पन्न भएको छ ।जसमा छात्रातर्फ कविता पाैडेल प्रथम,सित्तल पाैडेल द्वितीय र अम्बिका श्रेष्ठ तृतीय भएका छन् ।छात्रतर्फ आयुष श्रेष्ठ प्रथम,सन्देश थापा द्वितीय र सन्दिप कुमार बरई तृतीय भएको खेल संयाेजक तिलक पराजुलीले बताए ।भलिबल प्रतियाेगितामा छात्रतर्फ अस्विन रणपालकाे समूह प्रथम, सन्देश शाहिकाे समूह द्वितीय भएका छन् ।छात्रातर्फ एलिजा श्रेष्ठकाे समूह प्रथम र जेनी थापाको समूह द्वितीय भएको खेल संयाेजक धुर्व् आचार्यले बताए । चित्रकला प्रतियाेगितामा आर्य जेसवाल प्रथम,राममनाेज यादव द
मेयर कप फुटबलकाे फाइनल अक्सफोर्ड मावि र नवीन औद्योगिक मावि बिच

मेयर कप फुटबलकाे फाइनल अक्सफोर्ड मावि र नवीन औद्योगिक मावि बिच

Posted in खेलकुद, समाचार
बुटवल, २८बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित प्रथम विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताको फाइनल अक्सफोर्ड मावि र नवीन औद्योगिक माविका बिच हुने भएको छ। आइतबार भएको सेमीफाइनल खेलमा स्कलर्स होमलाई ३/० को गोलअन्तरले हराउँदै अक्सफोर्ड मावि फाइनल प्रवेश गरेको हो भने नवीन औद्योगिक माविले उजिरसिंह माविलाई २/० गोल अन्तरले हराउँदै फाइनलको प्रवेश गरेको हो। फाइनल खेल सोमबार दिउसो २ बजे बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ। आइतबार एन्फा टेक्निकल सेन्टरको मैदानमा भएका खेलमा एभरेष्ट माविलाई १/० गोलअन्तरले हराउँदै अक्सफोर्ड सेमीफाइनल प्रवेश गरेको थियो। जबहि खेल मैदानमा भएको खेलमा सरस्वती माविलाई १(० गोलअन्तरले हराउँदै नवीन औद्योगिक मावि सेमीफाइनल प्रवेश गरेको थियो। यसअघि उजिरसिंह माविले ज्ञानोदय माविलाई ट्राइबेकरमा ३/१ गोलअन्तरले हराउँदै अघिल्लो चरण प्रवेश गरेको थ