१ आश्विन, बुटवल / छत्रदेव इन्जिनियरिङ्ग वर्कशप बुटवल देविनगरमा आज बिस्वकर्मा पुजा आरधाना वृहत् रुपमा सम्पन्न भएको छ । आश्विन १ गतेका दिन नेपालका हरेक ठाउमा बिस्वकर्मा पुजा गरि फलाम र फलाम जन्य वस्तु उत्पादन र विक्रि गरिने ठाउमा आजकाे दिन विस्वकर्मा बाबाकाे पुजा गरिने प्रचलन छ । यसैक्रमा आज छत्रदेव इन्जिनियरिङका सञ्चालक अभिनव भुषालले पनि वृहत् रुपमा पुजाआरधाना गरेका हुन ।उक्त छत्रदेव इन्जिनियरिङ्ग वर्कशपमा खासगरि फलाम र स्टिल वाट निर्माण हुने बुट्टेदार र आवस्यकता अनुसारका निर्माण सामाग्री निर्माण गरिन्छ । ग्रिलसंग सम्वन्धित ट्रस्ट, भवन, सटर, झ्याल, ढाेका, लगाएका सम्पुर्ण काम गरिने वुटवलकाे चर्चित र सुफत मुल्यमा उपलब्ध गराउने ग्रिल उद्योगकाे रुपमा परिचित छ । वुटवल देविनगरकाे वाणिज्य क्याम्पसकाे पुर्विगेट नजिक रहेकाे ग्रिल उद्योगमा करिव २० जना भन्दा वढि कामदारहरुले काम गर्दै व्यावसायलाइ पुर्ण सफलता तिर लगेकाे वताएका छन ।उक्त पुजामा करिव २२ भन्दा वढि माेटरसाइकल र इन्जिनियरिङ वर्कशपकाे पुजा गरिएकाे छ ।