माघ३०, काठमाडौँ - काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि जलमग्न भएको छ । बुधबार दिउँसो पाइप फुटेपछि जिल्ला अदालत काठमाडौं अगाडि सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरूसमेत डुबानमा परेका छन् ।
माघ २८, काठमाडौ - सेयर कारोबार मापक नेप्से परिसूचक १०.९८ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ७७.३२ विन्दुमा ओर्लेको छ ।
उक्त दिन कारोबारमा आएकामध्ये ७७ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १६१ वटाको घट्यो भने बाँकी ६ वटा कम्पनीको स्थिर रह्यो ।
७४ हजार ८ सय ६४ पटकको कारोबारमा १ करोड ४४ लाख ४३ हजार ७ सय ६५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ७ अर्ब ९६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।
मंगलबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये व्यापार र अन्य बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।
माघ २६, बुटवल - आर्थिक अनुसन्धान केन्द्र नेपाल देशमा विधिकाे शासन र याेग्यव्यक्तीले उपयुक्त जिम्मेवारी नहुदासम्म युवाले देश छाड्नेदर घटाउन कठिन रहेकाे विज्ञहरुकाे निष्कर्ष शनिबार बुटवलमा आर्थिक अनुसन्धान केन्द्र नेपालकाे आयाेजनामा भएको बढ्दो युवा जनशक्ति र पुँजीकाे पलायनले प्रादेशिक अर्थतन्त्रमा पार्ने प्रभाव विषयमा अन्तरक्रिया कार्यक्रममा सहभागीले याे बताएका छन् ।
उक्त कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डाक्टर बावुराम ज्ञवाली रहनु भएको थियाे । कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि ज्ञवालीले देश छाड्नेहरुकाे लाईनले यहाँ बसेका युवामा निरासा आउनु हुदैन । देश हामी आफैले बनाउनुपर्छ । ज्ञान र अनुभव आर्जनको लागि विदेश गएता पनि मातृभूमिकाे माया र समृद्धिका लागि सक्रिय याेगदान गर्नका लागि नेपाल फर्केकीएर कर्म गर्नुपर्ने बताउनु भयाे ।
विशिष्ट अतिथि संविधान सभा
माघ २४, बुटवल - बाल ब्यास विश्व बन्दनीय पुज्य अनुराधा पाण्डेले अक्सफोर्ड मा.वि बुटवलका विद्यार्थी तथा शिक्षक कर्मचारीलाई प्रवचन दिएकी छिन् ।
वैद्धिक सनातन धर्मको रक्षार्थ संसारभर नेपाली,हिन्दी र संस्कृति विषयमा उनलेे प्रवचन दिदै आएकी छन्। वृन्दाबनमा कक्षा ५ मा अध्ययनरत रहेकी अनुराधाले विद्यार्थीहरूलाई प्रवचन दिदै विद्या सिमित रूपमा नरहेको उल्लेख गरी सबै बस्तुबाट विद्या प्राप्त हुने बताइन् ।आफू पनि कक्षा ५ मा अध्ययनरत रहेको कुरा बताउँदै शिक्षा लिन ध्यान आवश्यक रहेको उल्लेख गर्दै आफ्नो साधनामा निरन्तर लाग्नुपर्नेमा जाेड दिइन।विद्यार्थी विद्यालाई चाहाने व्यक्ति भएको हुदा कर्ममा लाग्न आग्रह गर्दै शिक्षाको मन्दिरलाई जहिले पनि सम्मान गर्नुपर्नेमा जाेड दिदै आमा,बुबा र गुरूलाई सदा सम्मान गर्नुपर्नेमा जाेड दिइन्।
विद्यार्थीहरूलाई विभिन्न कथाहरू मार्फत प्रवचन दिदै अनुराधाले जुन मानिस धन ,स
माघ २२, कपिलवस्तु - मन्त्रीको गाडीलाई साइड नदिएको भन्दै आज मंगलबार तीनवटा ट्रकलाई जबर्जस्ती कारबाही गरिएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीको लु.१झ ७३८ नम्बरको सवारीलाई साइड नदिएको झोँकमा तीनवटा ट्रक कारबाहीमा परेको बताएको छ ।
हुलाकी राजमार्गअन्तर्गत कपिलवस्तु नगरपालिका सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा जाँदै गरेकाे मन्त्री कार्कीको गाडीलाई साइड नदिएको भन्दै प्र१०२००१ख ८४७३, ३३५१ र ९२०७ नम्बरको गाडीलाई पाँच सयको दरले कारबाही गरिएको हो । मन्त्री कार्कीका पिएसओ हवल्दार कृष्णबहादुर खत्रीले मालवाहक ट्रक रोकेर ट्राफिकलाई जबर्जस्ती कारबाही गर्न निर्देशन दिएको बताइएको छ ।
मैदा लिएर नेपालगन्जबाट विराटनगर जाँदै गरेका ट्रकचालकहरूले भने आफूहरूलाई सत्ताको दम्भ देखाएर कारबाही गरेको आरोप लगाएका छन् । ‘हामी सामान्य गतिमा थियौँ, एक्कासि गाडीले ओभरटेक गरे
माघ १२,नवलपरासी - राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ ।
नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिए। “यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पु¥याउने गरी काम भइरहेको छ” उनले भने,“पुल र कल्भर्ट रहेका ठाउँ बाहेकका सडकमा कालोपत्र गर्नेगरी १८ ठाउँमा काम भइरहेको छ ।”
पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग करिब तीन किलोमिटर रहेको भन्दै उनले अहिले गैँडाकोटबाट दाउन्नेसम्म ४० किलोमिटर एकतर्फी कालोपत्र भएको बताए।
दुई लेनतर्फ भएको सडकको कालोपत्रको गणना गर्दा भने करिब ६४ किमी सडक कालोपत्र भएको उनको भनाइ छ । अब करिब २२ किमी सडक कालोपत्र गरेको अवस्थामा नारा
माघ २१, बुटवल - नयागाउ वुटवलमा नया व्यावस्थापन सहित वुटवलमा रहेकाे मारिया मन्टेस्वरीले नया व्यावस्थापन सहित आज सरस्वती पुजाकाे दिनमा पुजासंगै सुरुवात भएको छ ।
कार्यक्रमकाे अध्यक्षता संस्थाका अध्यक्ष मधु प्रसाद अर्यालकाे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वुटवल उपमहानगरपालिकाकाे उपमेयर सावित्रा अर्यालकाे प्रमुख आतिथ्यता, सामाजिक व्यात्तित्व दिलराज शर्मा, लालवहादुर गुरुङ लगाएतकाे आतिथ्यता मा सञ्चालन भएको कार्यक्रम शैक्षिक व्यात्तित्व डा. वुद्दि शर्मा, शैक्षिक व्यात्ति ई गाेविन्द लामिछाने, सामाजिक व्यात्तित्व शाेम वहादुर विक काे शुभकामना मन्त्वयवाट कार्यक्रम सुरुभएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथिले अवका दिनमा नयागाउ र यस आसपासका साना वच्चाहरुलाइ नया व्यावस्थापन सहितकाे कार्यक्रम लिएर आएकाे मारिना मन्टेस्वरीले अवका दिनमा थप प्रगति र वच्चाहरुकाे भावना अनुरुप शैक्षिक वातावरण सहित पठन
माघ २०, बुटवल - बुटवल उपमहानगरपालिका वडा नम्बर-१२ नयाँगाउँस्थित श्रीस्वामीनारायण मुक्तिनाथ धाममा चार बेद अठाह्र पुराण अनुष्ठान महायज्ञ हुने भएको छ । धर्म संस्कृति र परम्पराको रक्षा गर्न यहीँ माघ २२ गतेदेखि फागुन ९ गतेसम्म श्रीमदभागवत यज्ञावतार हिरण्यगर्भ पुराण पुरुषोत्तम चार बेद अठाह्र पुराण मुक्तिनाथ महायज्ञ हुन लागेको हो ।
महायज्ञ सम्पादन मूल समारोह समितिका अध्यक्ष बाबुराम महत क्षेत्रीले महायज्ञले आर्थिकलाई प्राथमिकता नदिएको बताउदै यज्ञलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । १८ दिनसम्म चल्ने ताण्डुलाचल महाउत्सवमा आफ्नो क्षमता अनुसार सहयोग गर्न सकिने अध्यक्ष क्षेत्रीको भनाइ छ । महायज्ञमा वाचक आचार्य पण्डित चैतन्य कृष्ण, अनुराधा देवी र विष्णु ज्ञवालीले पुराण बाचन गर्नेछन ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्माले महायज्ञले वैदिक सनातन धर
काठमाडौ, माघ २० - पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले गरेको आन्दोलन झापाको दमकमा उग्र बनेको छ। मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आइतबार र सोमबार गरी दुई दिन अरुणपूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेका छन्।
सोही क्रममा दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको हो। झडपका क्रममा प्रहरीले दुई राउन्ड ‘गोली चलाएको’ प्रत्यक्षदर्शीले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) मिलन केसीले गोली नचलाएको दाबी गरे। ‘बन्दकर्ताबाट प्रहरीमाथि ढुंगामुडा प्रहार भएपछि एक सेल अश्रुग्यास हानेर स्थिति नियन्त्रणमा गर्न खोजिएको छ,’ उनले भने। उनले चार जना उग्रता प्रदर्शन गरिरहेका बन्दकर्तालाई नियन्त्रण लिइएको उनले जानकारी दिए।
‘अहिले उहाँहरूको कार्यक्रम लगभग सकिएको छ। स्थिति नियन्त्रणमा ल्याउने कोसिसमा छौं,’ एसपी केसीले भने।
माघ २०, दाङ - लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउदैछ । माघ २१ गते सोमवार भोली प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन थालेको हो । प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिदैँछ । प्रदेश प्रमुखको बिशेष उपस्थितीमा मुल समारोह आयोजना गर्न थालिएको हो ।
बाजागाजा सहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरुका स्टलहरु समेत राखिने छन् । यसैगरी स्थापना दिवसलाई भब्य र उत्सवमय बनाउन माघ २०, २१ र २२ गते तीन दिन प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दिपावलीगरी मनाउने कार्यक्रम रहेको छ ।
शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, सरुमारानी गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्रको कला, संस्कृति र भेषभुषा सहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।
झाँकीहरुको वि