Web Design In Nepal

बैंक

सरकारले ऊखुको समर्थन मूल्य बढायाे।

सरकारले ऊखुको समर्थन मूल्य बढायाे।

Posted in अर्थतंत्र, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, समाचार, होम पेज(uncategorised)
काठमाडौं ,बिहीबारको मन्त्रिपरिषद बैठकले उद्योगी (ऊखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल २० रूपैयाँले वृद्धि गरेको हो। जस अनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रूपैयाँ ऊखु मिलबाट पाउने छन्। सरकारले ऊखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ऊखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन्। तर मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकमपछि निर्धारण गर्ने मन्त्रिपरिषदले निर्णय गरेको कृषि मन्त्री रामनाथ अधिकारीको सचिवालयले जनाएको छ। सरकारले यसअघि प्रतिक्विन्टल ७० रूपैयाँ अनुदान दिएको थियो।
पुष्पकमल दाहालको सचिवालयले कांग्रेसका महामन्त्री गगनकुमार थापालाई फर्कायाे जवाफ  ।

पुष्पकमल दाहालको सचिवालयले कांग्रेसका महामन्त्री गगनकुमार थापालाई फर्कायाे जवाफ ।

Posted in जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, राजनीति, समाचार, होम पेज(uncategorised)
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालई जवाफ फर्काएको छ । यसअघि बिहीबार कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले माओवादी अध्यक्ष दाहालले हप्तैपिच्छे 'प्रधानमन्त्री बनिदिनुस्' भनेर खबर पठाउने गरेको बताएका थिए । यसको जवाफमा प्रचण्ड सचिवालयले भनेका छन्, 'माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ ।' दाहालका स्वकीय सचिव रमेश मल्लले यस्तो अभिव्यक्ति दिने महामन्त्री थापालाई कीर्तिपुरमा कांग्रेसको ओरालो बाटो देखेर बोलेको आरोप लगाएका छन् । उनले भनेका छन्, 'महामन्त्री जी, कीर्तिपुरको निर्वाचनमा कांग्रेसको ओरालो बाटो तपाईंको मनोदशाबाट राम्रैसङ्ग छचल्किएछ ।'
बालेन शाह र उपप्रधानमन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता

बालेन शाह र उपप्रधानमन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता

Posted in जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, राजनीति, समाचार, होम पेज(uncategorised)
काठमाडौ ,एमालेसँग जुधिरहेको बेला उपप्रधानमन्त्री सिंहसँग बालेनको भेटवार्ता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । केही दिनअघि नै सिंह र बालेनबीच भेटवार्ता भएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारको समन्वयमा सिंह र बालेनबीच भेटवार्ता भएको हो । उनीहरुबीच काठमाडौं महानगरपालिकाभित्रको फोहोरमैला व्यवस्थापन, सहरी व्यवस्थापन, सौन्दर्यीकरण र संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच समन्वयको विषयमा छलफल भएको छ। २/३ दिन अगाडि नै उपप्रधानमन्त्री सिंह र बालेनबीच भेटर्वार्ता भएको तर, उक्त भेटर्वार्ताको फोटो भने वडाध्यक्ष तण्डुकारले समाजिक सञ्जाल फेसबुक मार्फत बुधबार साँझ मात्र सार्वजनिक गरेका छन्। बालेन यतिबेला दरबारमार्गमा फोहोर गरेको विषयमा सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेसँग जुधिरहेका छ
मदन भण्डारी स्पोर्ट्स एकेडेमीकाे बार्षिक खेल तालिका सार्वजनिक

मदन भण्डारी स्पोर्ट्स एकेडेमीकाे बार्षिक खेल तालिका सार्वजनिक

Posted in खेलकुद, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, लुम्बिनी प्रदेश, समाचार, होम पेज(uncategorised)
काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले राष्ट्रव्यापी खेलकुद प्रतियोगिता संचालन गर्ने भएको छ । एकेडेमीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि चालु आर्थिक वर्ष २०८१-८२ मा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता संचालन गर्ने जानकारी गराएको हो । एकेडेमीले ७ वटै प्रदेशलाई समेटेर विभिन्न १८ प्रतियोगिता संचालन गर्नेछ । पत्रकार सम्मेलनकाबीच चालु आर्थिक वर्ष २०८१-८२ मा हुने प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । सार्वजनिक खेल तालिका अनुसार मदन भण्डारी इन्डो नेपाल पुरुष भलिबल पुस १७ देखि २४ गतेसम्म बुटवल, मदन भण्डारी विश्वविद्यालय स्तरीय फुटसल पुस २८ लेखि माघ ५ गतेसम्म काठमाडौं, मदन भण्डारी राष्ट्रिय तेक्वान्दो माघ ७ देखि ९ गतेसम्म ललितपुर र मदन भण्डारी जुनियर राष्ट्रिय टेबलटेनिस माघ १५ देखि १८ गतेसम्म काठमाडौंमा हुनेछ । यस्तै मदन भण्डारी खुल्ला पुरुष बास्केटबल माघ २२ देखि ३० गतेसम
भैरहवाको एलेगेंट क्यासिनोका दुई म्यानेजरमाथि खुकुरी प्रहार

भैरहवाको एलेगेंट क्यासिनोका दुई म्यानेजरमाथि खुकुरी प्रहार

Posted in जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, लुम्बिनी प्रदेश, समाचार, होम पेज(uncategorised)
बुटवल । रुपन्देहीको भैरहवामा रहेको एलेगेंट क्यासिनोका दुई म्यानेजर माथि खुकुरी प्रहार भएको छ । गयराती क्यासिनोका ५२ वर्षीय जर्नल म्यानेजर समिर शर्मा र क्यास म्यानेजर बैकुण्ड न्यौपाने माथि खुकुरी प्रहार भएको हो अज्ञात समुहले गयराति १० बजे मायादेवी गाउँपालिका ८ स्थितको क्याटरमै खुकरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नविन पौडेलले जानकारी दिए । खुकुरी प्रहार गर्नेको खोजि कार्य भइरहेको प्रहरी प्रवक्ता पौडेलले बताए । घाइते मध्य शर्माको अवस्था गम्भीर रहेको छ भने न्यौपानेको अवस्था मध्यम रहेको छ । उनीहरुको भैरहवा स्थित मेडिकल कजेजमा उपचार भइरहेको छ ।
बाढीका कारण युरोपेली मुलुकमा मृत्यु हुनेको संख्या १७० पुग्यो

बाढीका कारण युरोपेली मुलुकमा मृत्यु हुनेको संख्या १७० पुग्यो

Posted in अर्थतंत्र, ऋणपत्र, बैंक, ब्यानर, समाचार, सुचना, स्वास्थ्य
एजेन्सी । पश्चिम युरोपमा भारी वर्षासँगै आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बाढीका कारण सबैभन्दा धेरै जर्मनी र बेल्जियममा असर परेको छ । ज्यान गुमाउने १७० जनामध्ये १४३ जना जर्मनीका नागरिक रहेका खबरमा उल्लेख छ । बाढीका कयौँ नागरिक हराइरहेका छन् । उनीहरुको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन् । जर्मन चान्सलर एन्जेला मर्केलले आज बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षण गर्ने बीबीसीले जनाएको छ । बेल्जियममा सेनाले राहत र उद्धारको काम गरिरहेको छ । बेल्जियममा आउँदो ६ गते राष्ट्रिय शोकको घोषणा गरिएको छ । भारी वर्षासँगै आएको बाढीका कारण जर्मनी र बेल्जियमसँगै नेदरल्याण्ड्स, लग्जम्बर्गसहितका देश पनि प्रभावित भएका छन् । युरोपका नेताहरुले जलवायु परिवर्तनका कारण यस्तो विपद् आएको बताएका छन् । विज्ञले जलवायु परिवर्तनकै कारण ठू
आज जनकपुर-जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिने

आज जनकपुर-जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिने

Posted in अर्थतंत्र, बैंक, ब्यानर, राशिफल, विचार, शेयर बजार, समाचार, साहित्य
धनुषा । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ । उहाँले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्र्याक स्पिड’ परीक्षण गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ट्र्याक स्पिड परीक्षण रेल सेवा सञ्चालन गर्नुपूर्वको महत्वपूर्ण प्रक्रिया हो । स्पिड परीक्षण गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा हुने भएकाले रेल्वे ट्र्याकमा सुरक्षा महत्वपूर्ण हुन्छ ।” महाप्रबन्धक भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आज रेल्वे ट्र्याक वरपरका आम नागरिकलाई ट्र्याकमा मान्छे, गाई, भैँसी चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछाड्
रु ५० हजारले शुरु गरेको व्यवसायबाट मासिक दुई लाख आम्दानी गर्दै दीपेश

रु ५० हजारले शुरु गरेको व्यवसायबाट मासिक दुई लाख आम्दानी गर्दै दीपेश

Posted in अंग्रेजी, अर्थतंत्र, आइपियो, ऋणपत्र, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, ब्यानर, मनोरंजन, म्युचल फण्ड, राजनीति, राशिफल, रोचक, रोजगार, लुम्बिनी प्रदेश, विचार, विज्ञान र प्रबिधि, विदेश, शेयर बजार, समाचार, साधारण सभा, साहित्य, सुचना, सुदूरपश्चिम प्रदेश, स्वास्थ्य, हकप्रद शेयर
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ पिपलटारका युवा व्यवसायी दीपेशचन्द्र लामाले अहिले मासिक रु दुई लाखसम्म आम्दानी गरिरहनुभएको छ । करिब रु एक करोड लगानीमा दुई वर्षदेखि शुरु गरेको कृषि तथा पशुपालन व्यवसायबाट उहाँ मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले बाख्रापालनसँगै घरमा धान कुट्ने र पिठो पिस्ने मिल जडान गर्नुका साथै भैँसी, गाई र तरकारी खेतीका लागि टनेल (प्लाष्टिक घर) निर्माण गरी विभिन्न थरीका तरकारी उत्पादन र बिक्री गर्दै आइरहनुभएको छ । एलिस्का कृषि फार्म दर्ता गरी सञ्चालन गरेको व्यवसायमा १० जनाले रोजगारीसमेत पाएका छन् । बाख्रा, भैँसी र गाईका लागि आवश्यक पर्ने दाना सबै आफँैले उत्पादन गरिरहेको लामाले बताउनुभयो । अहिले टनेलभरि गोलभेँडा फलाइरहनुभएका उहाँले छुट्टाछुट्टै कामका लागि त्यहीअनुसार कामदार खटाइरहनुएको छ । फलाएको तरकारी स्थानीय बजारमा नै बिक्री हुने, बढी भएको र सिजनमा फलेको बेल
पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गर्ने अर्थमन्त्रीको तयारी

पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गर्ने अर्थमन्त्रीको तयारी

Posted in अंग्रेजी, अर्थतंत्र, आइपियो, ऋणपत्र, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, ब्यानर, मनोरंजन, म्युचल फण्ड, राजनीति, राशिफल, रोचक, रोजगार, लुम्बिनी प्रदेश, विचार, विज्ञान र प्रबिधि, विदेश, शेयर बजार, समाचार, साधारण सभा, साहित्य, सुचना, सुदूरपश्चिम प्रदेश, स्वास्थ्य, हकप्रद शेयर
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित अर्थमन्त्रायलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिनुभयो । “अहिलेसम्मको यथार्थ अवस्था के छ त ? त्यसले कतातर्फ कस्तो सङ्केत गरिरहेको छ ? श्वेतपत्र भन्नुस् वा यथार्थपत्र भन्नुहोस् मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछु”, अर्थमन्त्री शर्माले भन्नुभयो । उहाँले सबै वस्तुस्थिति बुझेर केही दिनभित्रैमा अर्थतन्त्रको समग्र अवस्थाबारे सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो । सोही क्रममा सरकारको समग्र भावी योजनासमेत सँगसँगै सार्वजनिक गर्ने पनि उहाँले बताउनुभयो । अर्थमन्त्री शर्माले अहिलेको परिस्थितिलाई सहज र आर्थिक क्रियाकलापलाई चलायमान गराउँदै गत वर्षको कमीकमजोरीलाई समेत सच्याएर अघि बढ्ने क्रममा मन्त्रालय रहेकोसमेत उहाँले
ओली आज बालकोट सर्दै

ओली आज बालकोट सर्दै

Posted in अंग्रेजी, अर्थतंत्र, आइपियो, ऋणपत्र, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, ब्यानर, मनोरंजन, म्युचल फण्ड, राजनीति, राशिफल, रोचक, रोजगार, लुम्बिनी प्रदेश, विचार, विज्ञान र प्रबिधि, विदेश, शेयर बजार, समाचार, साधारण सभा, साहित्य, सुचना, सुदूरपश्चिम प्रदेश, स्वास्थ्य, हकप्रद शेयर
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्दै हुनुहुन्छ । ३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पूरा गरेर ओली आज बालकोट सर्न लाग्नुभएको हो । २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सर्नुभएको थियो । सर्वोच्च अदालतको परमादेश अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजो प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज सरकारी निवास छाड्न लाग्नुभएको हो । ओलीलाई युवा संघ नेपालले करिब २ हजार गाडी र ३ हजार मोटरसाइकलसहित बालकोट निवासका लागि स्कर्टिङ गर्ने तयारी गरेको छ। ओलीको स्कर्टिङका लागि युवा संघ नेपाल र खेलकुद महासंघले आफ्ना कार्यकर्तालाई साढे १० बजे बालुवाटारमा भेला हुन आह्वान गर्नुभएको छ ।