Web Design In Nepal

लुम्बिनी प्रदेश

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको बैठक सम्पन्न <br><h3>देशको हित विपरित लाग्नेलाई ठेगान लगाउन निर्देशन </h3

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको बैठक सम्पन्न

देशको हित विपरित लाग्नेलाई ठेगान लगाउन निर्देशन

Posted in नेपाल, राजनीति, लुम्बिनी प्रदेश, समाचार
बुटवल ,राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको पूर्ण बैठक प्रदेश अध्यक्ष सुरज खरेलकाे अध्यक्षतामा आज नेकपा एमाले लुम्बिनी प्रदेश कार्यालय बुटवलमा सम्पन्न भएकाे छ। नेकपा एमालेकाे भातृ संघठनकाे रूपमा आफूलाई अब्बल स्थापित गरेको युवा संघले हाल देशमा बढिरहेको अराजकता तथा नेकपा एमालेका नेताहरूमाथि लगाइएका मित्था आराेपहरूकाे खण्डन गर्दै राष्ट्र र राष्ट्रियताप्रती आम नागरिकहरूलाई सुसूचित गर्नुका साथै संगठनकाे विविध विषयमा छलफल गर्ने उद्धेश्यले बैठककाे आयाेजना गरिएको राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलले जानकारी गराए। कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालले विगतदेखि नै पाटीकाे सिर्जनात्मक काममा काध थापेकाे स्मरण गर्दै ,पाटीले भरखरैे सञ्चालन गरेको जरा अभियानलाई समेत सफल पार्ने कुरामा युवा संघको भूमिकाकाे विषयमा समेत घनिभूत छलफल भएकाे छ।राष
लुम्बिनीमा ४ हजार दीप प्रज्वलन गरिँदै <br><h3>बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने </h3

लुम्बिनीमा ४ हजार दीप प्रज्वलन गरिँदै

बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने

Posted in लुम्बिनी प्रदेश, समाचार
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा यही शनिवार राती चार हजार दीप प्रज्वलन गरिने भएको छ । ५ सय जनाको कुलपुत्र प्रवज्या, चौथौँ त्रिपिटक वाचन चलिरहेको बेला शनिवार राती लुम्बिनी स्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन गरिने भएको हो । धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रव्रजित भएका ५ सय जना कुलपुत्रहरुको सहभागितामा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखेको हो । धम्मकायका अध्यक्ष भिन्ते फ्रा थाभोर्न थाभ्राले बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने बताए । उनले गत वर्ष पनि दीप प्रज्वलन गरिएको बताउँदै आगामी वर्ष यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना रहेको सुनाए । उनले दीप प्रज्वलनमा भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिका सहित विभिन्न देशबाट आएका पाहुन
“वन मुद्दाका फरार प्रतिवादी १० बर्ष पछी, जिप्रका अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीद्वारा  पक्राउ  गरि कारागार चलान”

“वन मुद्दाका फरार प्रतिवादी १० बर्ष पछी, जिप्रका अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीद्वारा पक्राउ गरि कारागार चलान”

Posted in अपराध, लुम्बिनी प्रदेश, समाचार
अर्घाखाँची जिल्ला अदालतको मिति २०७१।०१।२३ गतेको फैसला अनुसार अनियमित तवरबाट वन पैदावार चोरी निकासी मुद्दाहरुमा सजाय तोकी फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागि अर्घाखाँची जिल्ला अदालतमा पठाए पश्चात जिल्ला अदालत अर्घाखाँचीमाको आदेशानुसार कैद भुक्तानको लागी कारागार कार्यालय चलान गरेको छ । पक्राउ पर्ने व्यक्तिहरुको विवरण :- १. नामथर:- डम्वर सिंह क्षेत्री वतन:- जिल्ला दाङ गोवरडिया गाउँपालिका वडा न. १ जुनौरी हाल जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा न. १ उमेर:- ५१ बर्ष मुद्दा:- अनियमित तवरबाट वन पैदावार चोरी निकासी कैद:- ३ महिना पक्राउ मिति:- २०८१।११।२१ गते । पक्राउ स्थान:- जिल्ला अर्घाखाँची पाणिनी गाउँपालिका वडा न. ४ जिल्ला अर्घाखाँची सिद्धारा गा.वि.स.-६, जिमुरीपाखा स्थायी घर भई चोरखोलामा बसोबास गर्ने भानस
राष्टिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको बैठक बस्दै,सम्बाेधन गर्न केन्दिय नेता आउने।

राष्टिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको बैठक बस्दै,सम्बाेधन गर्न केन्दिय नेता आउने।

Posted in नेपाल, लुम्बिनी प्रदेश, समाचार
बुटवल ,राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको बैठक फाल्गुन २६ गते साेमबार नेकपा एमाले लुम्बिनी प्रदेश कार्यालय बुटवलमा बस्न लागेको छ।नेकपा एमालेकाे भातृ संघठनकाे रूपमा आफूलाई अब्बल स्थापित गरेको युवा संघले हाल देशमा बढिरहेको अराजकता तथा नेकपा एमालेका नेताहरूमाथि लगाइएका मित्था आराेपहरूकाे खण्डन गर्दै राष्ट्र र राष्ट्रियताप्रती आम नागरिकहरूलाई सुसूचित गर्नुका साथै संगठनकाे विविध विषयमा छलफल गर्ने उद्धेश्यले बैठककाे आयाेजना गरिएको राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलले जानकारी गराए। राष्ट्रिय युवा संघ नेपालले विगतदेखि नै पाटीकाे सिर्जनात्मक काममा काध थापेकाे स्मरण गर्दै ,पाटीले भरखरैे सञ्चालन गरेको जरा अभियानलाई समेत सफल पार्ने कुरामा युवा संघको भूमिकाकाे विषयमा समेत घनिभूत छलफल हुने भएको छ। राष्ट्रिय युवा संघ नेपालकाे प्रदेश बै
सरकारले गर्याे ६ जिल्लाका सिडिओ हेरफेर

सरकारले गर्याे ६ जिल्लाका सिडिओ हेरफेर

Posted in नेपाल, लुम्बिनी प्रदेश, समाचार, होम पेज(uncategorised)
गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। बाँकेमा सहसचिव धर्मराज जोशी, रौतहटमा विनोदकुमार खड्का, संखुवासभामा दिव्यराज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुंगामा विजयराज सुवेदी र नुवाकोटमा शशीघर घिमिरेलाई प्रमुख जिल्ला अधिकारी बनाइएको हो। यस्तै सहसचिव रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा पदस्थापना गर्ने निर्णय भएको छ।
तिलोत्तमा १ नयाँमिलमा कार र मोटरसाइकल ठोक्किँदा शान्ति स्कुलका विद्यार्थीको मृत्यु

तिलोत्तमा १ नयाँमिलमा कार र मोटरसाइकल ठोक्किँदा शान्ति स्कुलका विद्यार्थीको मृत्यु

Posted in नेपाल, लुम्बिनी प्रदेश, समाचार
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न १ नयाँमिल जनसेवा चोकमा कार र मोटरसाईकल ठोक्किदा १ जनाको मृत्यु भएको छ । आज बिहानै भएको दुर्घटनामा मोटरसाइकलमा सवार शान्ति नमुना मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थीको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मीको रुरु गाउँपालिका वडा न ३ घर भई हाल बुटवल ३ ट्राफिकचोक बस्दै आएका १९ बर्षिय रोशन परियार रहेको राजमार्ग सुरक्षा ट्राफिक सुरक्षा कार्यालय बुटवलले जनाएको छ । तिलोत्तमा ५ स्थित शान्ति नमुना मावि कक्षा १२ मा अध्ययनरत परियारको उपचारका क्रममा मृत्यु भएको राजमार्ग सुरक्षा ट्राफिक सुरक्षा कार्यालय बुटवलका सूचना अधिकारी डिएसपी मधुसुदन न्यौपानेले बताए । न्यौपानेका अनुसार बुटवलबाट आउँदै गरेको लु ५६ प १९६१ नम्बरको मोटरसाइकल र मुख्य हाइवेको पश्चिम लेनबाट पुर्वतर्फ बाटो काट्दै गरेको बा २० च १७५४ नम्बरको कार नयाँमिलस्थित जनसेवा क्लव अगाडी आज बिहान ए
स्ववियु निर्वाचनमा बालेन युथ फोरमको दर्ता

स्ववियु निर्वाचनमा बालेन युथ फोरमको दर्ता

Posted in नेपाल, लुम्बिनी प्रदेश, समाचार, होम पेज(uncategorised)
चितवनको वीरेन्द्र क्याम्पसमा ‘बालेन युथ फोरम’ दर्ता चितवन । आगामी चैत ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसबाट ‘बालेन युथ फोरम’ को नाममा प्यानल दर्ता भएको छ । वीरेन्द्र क्याम्पस स्ववियू निर्वाचन अधिकृत देवीप्रसाद पौडेलका अनुसार क्याम्पसमा १३ वटा विद्यार्थी संघसंगठनका प्यानल दर्ता भएका छन् । जसमध्ये बालेन युथ फोरम १३ औँ नम्बरमा रहेको छ । निर्वाचनमा भाग लिने प्यानलमा मुख्य राजनीतिक संगठनका भ्रातृ संस्थाहरू अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघलगायत छन् । जसमध्ये अन्तिममा नाम दर्ता गरेको बालेन युथ फोरमले ११ जनाको प्यानल दर्ता गराएको हो । निर्वाचन अधिकृत पौडेलका अनुसार सुलभ ढुङ्गानाको नेतृत्वमा समूह दर्ता भएको हो । समूहको बाँकी पदाधिकारी तथा सदस्यको नाम क्याम्प
अक्सफोर्ड कलेजमा तेस्रो मेगा फुड फेस्टिवलः नाच्दै,खादै रमाउँदै

अक्सफोर्ड कलेजमा तेस्रो मेगा फुड फेस्टिवलः नाच्दै,खादै रमाउँदै

Posted in नेपाल, लुम्बिनी प्रदेश, समाचार
बुटवल । लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड कलेजमा तेस्रो मेगा फुड फेस्टिवल तथा लाइभ कन्सर्ट भएको छ । कलेजमा बिएचएममा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा मंगलबार फुड फेस्टिवलसँगै लाइभ कन्सर्ट र रक्तदान कार्यक्रम भएको हो । विद्यार्थीहरुले चिकन छोइला, चिकेन मोःमोः चिकेन स्वर्मा फराई चिकेन, भेज छोइला, भेज स्वर्मा,खाजा सेट लगाएका परिकार बनाएका थिए । विद्यार्थीहरुले बनाएका उक्त परिकारहरु संचालक समिति, प्रध्यापक, शिक्षक तथा विद्यार्थीहरुले खाएका थिए । विद्यार्थीहरुले तयार पारेका ती परिकारको मूल्य न्यूनतम राखिएको बिएचएम÷बिआइएम कार्यक्रमका संयोजक ओमबहादुर खत्रीले बताए । फुड फेस्टिवलमा बिएचएम÷बिआइएमका विद्यार्थीलाई प्रध्यापक विवेक न्यौपानेले गाईड गरेका थिए । लाइभ कन्सर्ट कार्यक्रममा विद्यार्थीहरुले आफ्ना विभिन्न सांङ्गितिक प्रस्तुतीहरु प्रर्दशन गरेका थिए । उक्त कार्यक
सुपरकाइनेटिक नेपालको वार्षिक भेला सम्पन्न

सुपरकाइनेटिक नेपालको वार्षिक भेला सम्पन्न

Posted in नेपाल, लुम्बिनी प्रदेश, समाचार
रुपन्देही, फाल्गुन १८ – नेपालभर फैलिएको सुपरकाइनेटिक नेपालको तीन दिने वार्षिक भेला तथा बनभोज कार्यक्रम फाल्गुन १७ गते रुपन्देही तिलोत्तमाको बनबाटिकामा भव्य रूपमा सम्पन्न भएको छ। नेपालभरका विभिन्न शाखाबाट करिब ८० जना शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको उक्त कार्यक्रमले कम्पनीको वर्तमान अवस्था, भावी रणनीति तथा सेवा सुधारका विविध पक्षहरूमा महत्वपूर्ण छलफल गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि सोम बहादुर रानाले सुपरकाइनेटिक नेपालको हालको अवस्था, प्रतिस्पर्धी बजारमा कम्पनीको स्थान, सेवा विस्तारका सम्भावना तथा भविष्यका रणनीतिहरूबारे विस्तृत जानकारी गराए। उनले सुपरकाइनेटिक नेपालले नेपाली कुरियर बजारमा फरक पहिचान बनाइसकेको उल्लेख गरे । कार्यक्रमका सभापति भेष बहादुर थापाले सहभागी सबैप्रति आभार व्यक्त गर्दै कुरियर व्यवसायमा आउने चुनौती, बजारको माग, नियमनका विषयहरू तथा ग्राहकलाई उत
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपाल रूपन्देहीको अधिवेशन सम्पन्न <br><h3>अध्यक्षमा पाण्डे निर्वाचित। </h3

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपाल रूपन्देहीको अधिवेशन सम्पन्न

अध्यक्षमा पाण्डे निर्वाचित।

Posted in नेपाल, लुम्बिनी प्रदेश, समाचार, होम पेज(uncategorised)
रूपन्देही, फाल्गुन १७ – राष्ट्रिय जनसाहित्यिक सङ्घ, रूपन्देहीको साधारणसभा तथा अधिवेशन शनिबार होराइजन गौतम बुद्ध मा.वि., ड्राइभरटोल, रूपन्देहीमा सम्पन्न भएको छ। कार्यक्रम माधवकुमार पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि ऋषि आजादले साहित्यकारहरूमा आलोचनात्मक चेत आवश्यक भए पनि राष्ट्रप्रेमी भावना रहनुपर्ने विचार व्यक्त गरे। उनले लेखकहरू सामाजिक तथा राजनीतिक घटनाक्रमप्रति सचेत भई आफ्ना सिर्जनामार्फत जनचेतना अभिवृद्धि गर्नुपर्ने बताए। विशिष्ट अतिथि तथा सङ्घका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष डा. नारायणप्रसाद पन्थले राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालले गरिरहेका गतिविधिहरूबारे प्रस्ट पार्दै संस्थाको उद्देश्य, कार्यदिशा र भावी योजनाका विषयमा धारणा राखे। उनले साहित्य सिर्जना केवल व्यक्तिगत अभिव्यक्तिको माध्यम मात्र नभई सामाजिक उत्तरदायित