
सरकारले गर्याे ६ जिल्लाका सिडिओ हेरफेर
Posted in नेपाल, लुम्बिनी प्रदेश, समाचार, होम पेज(uncategorised)
गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।
बाँकेमा सहसचिव धर्मराज जोशी, रौतहटमा विनोदकुमार खड्का, संखुवासभामा दिव्यराज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुंगामा विजयराज सुवेदी र नुवाकोटमा शशीघर घिमिरेलाई प्रमुख जिल्ला अधिकारी बनाइएको हो।
यस्तै सहसचिव रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा पदस्थापना गर्ने निर्णय भएको छ।