प्रधानमन्त्रीको चीन भ्रमण विगतकै समझदारी कार्यान्वयनमा केन्द्रित हुने
Posted in ब्यानर, राजनीति, समाचार, होम पेज(uncategorised)
२४ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा विगतका समझदारी कार्यान्वयनमा जोड दिने बताएका छन् ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले भ्रमण छोटो हुने बताए ।
‘डिसेम्बर पहिलो साता हुन्छ भ्रमण, एकदम छोटो भ्रमण हुन्छ यसचोटी, दुई पक्षीय भेटघाट र वार्ता सकेर उहाँ फर्किनुहुन्छ’, उनले भने, ‘मूलत विगतमा चिनियाँ राष्ट्रपति नेपाल आउँदा भएका उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यू चीन भ्रमण गर्दा भएका समझदारी कार्यान्वयनमै हाम्रो जोड हुनेछ । त्यस अलावा स्वभाविक रुपमा दुई पक्षीय हितका विषयमा कुराकानी हुनेछ ।’
प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालको अधिकतम हित हुने गरी समझदारीहरु हुने उनले बताए । उपमहासचिव ज्ञवालीले कांग्रेस–एमाले सम्मिलित संयन