Web Design In Nepal

नेपाल

बुटवल बहुमुखी क्याम्पस स्ववियू निर्वाचन १५ दिनभित्र गर्न परमादेश जारी

बुटवल बहुमुखी क्याम्पस स्ववियू निर्वाचन १५ दिनभित्र गर्न परमादेश जारी

Posted in नेपाल, राजनीति, लुम्बिनी प्रदेश, समाचार
बुटवल,उच्च अदालत तुलसीपुर बुटबल इजलासले बुटवल बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जुन चरणबाट रोकिएको हो त्यहि चरणबाट अगाडी बढाएर १५ दिनभित्र निर्वाचन गर्न उत्प्रेषणयुक्त परमादेश जारी गरेको छ। गत चैत्र ५ गतेको लागि तोकिएको स्व.वि.यु. निर्वाचन विभिन्न विद्यार्थी संगठनहरुको अवरोधका कारण सम्पन्न हुन नसकेको भन्दै क्याम्पस प्रशासनले चैत्र १७ गते सूचना प्रकाशित गरेको थियो। क्याम्पसमा निर्वाचन रोकिएपछि विद्यार्थीहरु नविन खनाल र प्रज्वल बस्नेतले निर्वाचन हुनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। सोहि निवेदनमाथी विहिबार भएको बहसपछि अदालतका न्यायाधीशहरु नारायण प्रसाद पौडेल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले १५ दिनभित्र निर्वाचन गराउन उत्प्रेषणयुक्त परमादेश दिएको हो। निर्वाचनको विषयमा अदालतमा परेको निवेदनमाथी निवेदकहरुको तर्फबाट अधिवक्ता मेघनाथ खनाल
दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित ,तयारी पुरा नभएको अनुगमन समितिको दाबी

दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित ,तयारी पुरा नभएको अनुगमन समितिको दाबी

Posted in खेलकुद, नेपाल, समाचार, होम पेज(uncategorised)
बुटवल, ३१ चैत। दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित समयलाई स्थगित भएको छ । प्रतियोगिताको तयारीको विषयमा निर्णय गर्न शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२२ औ बोर्ड बैठकको निर्णय सुनाउदै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता नहुने बताएका हुन् । राखेप उपाध्यक्ष तथा तथा प्रतियोगिता अनुगमन समितिका संयोजक ध्रुव आचार्यले बैठकमा खेलकुदमन्त्रीलाई प्रतियोगिताको विषयमा ध्यानाकर्षण गराएका थिए । प्रतियोगिता अनुगमन समितिले अध्ययन अनुगमन गरि १२ बुदे प्रतिवेदन पेश गर्दै प्रतियोगिता आयोजना गर्न अनुकुल हुने अवस्था नरहेको दाबी गरेको छ । खेलाडी उत्पादन, क्षमता वृद्धि तथा प्रोत्साहन गर्दै अन्तराष्ट्रिय स्तरमा खेलाडीलाई अवसरको बाटो खोल्ने रुपमा आयोजना हुदै आएको प्रतियोगिताको मुख्य स्थल सुर्खेत रंगशालाको भौतिक पूर्वाधार निमार्ण सम्पन्न नभएको, विधागत खेलस्थलहरुको बारेमा अझै टुग
गुल्मेली सम्पर्क समाज रुपन्देहीकाे नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न

गुल्मेली सम्पर्क समाज रुपन्देहीकाे नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न

Posted in नेपाल, लुम्बिनी प्रदेश, समाचार
बुटवल । गुल्मेली सम्पर्क समाज रुपन्देहीको १७औँ साधारणसभा तथा सातौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीको प्रमुख आतिथ्यमा उक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै मन्त्री कार्कीले समाजले अरुहरुका निम्ति पनि केही काम गर्नु पर्ने बताए । मन्त्री कार्कीले सबै मिले मात्रै देशको विकास हुने बताए । कार्यक्रममा धामका अध्यक्ष ऋषि भण्डारीले समाजको गुरुयोजना अनुसार सम्पन्न गर्नुपर्ने थुप्रै कार्य तथा चुनौती रहेको कुरा बताए । यस अनुसार स्थापनाको एक दशकमा नै निकै ख्यातिप्राप्त भएको शृङ्गेश्वरधामलाई अझै व्यवस्थित बनाउने प्रतिबद्धता प्रकट गरे । निवर्तमान सचिव पुरूषोत्तम पान्डेले समय व्यवस्थापन मिलाउन नसक्ने साथीहरू पदमा बस्न नहुने विचार राख्दै केही समयका निम्ति आफू समितिमा नरहेर नै समाजला
अर्घाखाँचीमा पौडी खेल्ने क्रममा डुबेर दुइ युवाकाे मृत्यु

अर्घाखाँचीमा पौडी खेल्ने क्रममा डुबेर दुइ युवाकाे मृत्यु

Posted in नेपाल, लुम्बिनी प्रदेश, समाचार
अर्घाखाँची,अर्घाखाँचीको भुमिकास्थानका दुई युवाको पौडी खेल्ने क्रममा ज्यान गएको छ । भुमिकास्थान–१०, धनचौरको देउराली नेटाका जुद्धबहादुर नेपालीका १९ वर्षिय छोरा दिलिप नेपाली र सोही ठाउँका मेघबहादुर नेपालीका १७ वर्षिय छोरा अशोक नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । वडा नम्बर–१० मै पर्ने झिमरुक खोलामा साथीहरु मिलेर पौडी खेल्न गएका ६ जना मध्ये दुई जनाले ज्यान गुमाएका हुन् । पौडी खेल्न रहमा गएका दुई युवा धेरैबेर पानी बाहिर नआएपछी संगै गएका साथीहरुले आफन्तलाई खबर गरेका थिए । आफन्त र धनचौर प्रहरीको खोज तलासपछी अचेत भेटिएका दुवै जनालाई उपचारका लागी अर्घाखाँची अस्पतालमा ल्याईएपनि अस्पतालले उनीहरुलाई मृत घोंषणा गरेको स्वास्थ्यकर्मी असाेक चाैहानले बताएका छन्।
प्रोगेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न

प्रोगेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न

Posted in नेपाल, समाचार, होम पेज(uncategorised)
प्रोगेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न ललितपुर, चैत १४ – प्रोगेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) ले ऐतिहासिक १०औं राष्ट्रिय महाधिवेशन ललितपुरमा यहि चैत्र १२ र १३ गते भव्य रुपमा सम्पन्न गरेको छ। "गुणस्तरीय इन्जिनियरिङ सेवा र पूर्वाधार: समृद्ध राष्ट्र निर्माणको बलियो आधार" भन्ने मूल नारामा आयोजित उक्त महाधिवेशनको उद्घाटन सम्माननीय प्रधानमन्त्री एवम नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो। समारोहमा एमालेका उपाध्यक्ष गुरू बराल, स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पिनका ईन्चार्ज बैजनाथ चौधरी, नेकपा एमाले संगठन विभाग सचिव माधव ढुंगेल तथा नेकपा एमाले पार्टी अनुशासन आयोग सचिव प्रा. डा. भरतराज पहारी लगायतको उपस्थिति रहेको थियो । देश भरबाट सयौको संख्याम
अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु ,दर्जनाै घाइते <br><h3>थप विवरण सहित </h3

अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु ,दर्जनाै घाइते

थप विवरण सहित

Posted in नेपाल, लुम्बिनी प्रदेश, समाचार
अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना बुधबार साँझ दुर्घटनामा परेको हो।सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु२ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे-सन्धिखर्क सडकखण्डमा दुर्घटनामा परेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताए। प्रहरीका अनुसार मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षीया उमा न्यौपाने र ६५ वर्षीया उमाकी सासु ९नाम नखुलेकी० रहेका छन् । त्यस्तै पश्चिम बर्दघाट बस्ने वर्ष ५० का बस चालक मदनकुमार विक रहेको प्रहरी उपरीक्षक खत्रीले बताए। खत्रीका अनुसार गुडिरहेको बस अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खसेको थियो। दुर्घटनामा २८
‘भुइँमान्छे’ पुस्तक समीक्षा : कम्युनिस्ट आन्दोलनका बिर्सिएका नायकहरूको दस्तावेज

‘भुइँमान्छे’ पुस्तक समीक्षा : कम्युनिस्ट आन्दोलनका बिर्सिएका नायकहरूको दस्तावेज

Posted in नेपाल, लुम्बिनी प्रदेश, समाचार, होम पेज(uncategorised)
बुटवल ।डा. बिन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘भुइँमान्छे’ माथि मंगलबार गहन छलफल गरिएको छ। नेपाली कम्युनिस्ट आन्दोलनमा तल्लो तहका कार्यकर्ताहरूको संघर्ष, त्याग र योगदानलाई केन्द्रमा राखेर लेखिएको पुस्तकलाई समीक्षकहरूले इतिहासको बिर्सिएको अध्याय पुनः लेख्ने प्रयासका रूपमा लिएका छन्। समीक्षाको क्रममा वक्ताहरूले नेपाली कम्युनिस्ट आन्दोलनमा सर्वसाधारण कार्यकर्ताहरूले खेलेको भूमिकालाई पुस्तकले सशक्त रूपमा उजागर गरेको बताए। उनीहरूले जनताको बलिदानबिना कुनै पनि आन्दोलन सफल नहुने तर्क राख्दै, इतिहास लेख्दा तल्लो तहका संघर्षशील पात्रहरूलाई उपेक्षा गर्न नहुने धारणा व्यक्त गरे। कार्यक्रममा समीक्षक ऋषि आजादले भने, “कम्युनिस्ट आन्दोलनका सफलता नेताहरूको मात्र योगदान होइन, तर वास्तविक नायकहरू त ती भुइँमान्छेहरू हुन्, जसले आफ्नो घरबार गुमाएर, ज्यानकै बाजी लगाएर आन्दोलनलाई जीवित राखे। यो पुस्तक त्य
माथागढी गाउँपालिकाकाे चिदीपानीमा १ दिने अभिमुखी कार्यक्रम सम्पन्न

माथागढी गाउँपालिकाकाे चिदीपानीमा १ दिने अभिमुखी कार्यक्रम सम्पन्न

Posted in नेपाल, लुम्बिनी प्रदेश, समाचार
पाल्पा मानिसमा देखा परेका विभिन्न सामाजिक तथा मनाेवैज्ञानिक समस्यासंग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ। माथागढी गाउँपालिकाको आयोजनामा माथागढी गा.पा.वडा नं. १ चिदीपानी वडा कार्यालयको भवनमा आत्महत्या न्यूनीकरण, सडक दुर्घटना न्यूनीकरण, नसर्ने रोग तथा मानसिक रोग सम्बन्धि सरोकारवालाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा माथागढी १ ,२ र ३ का जनप्रतिनिधी बिद्यालयका शिक्षक, सहकारी संस्थाका प्रतिनिधी, स्थानीय संचारकर्मी, परम्परागत उपचारमा संलग्न ब्यक्तीहरु सहभागी भएका थिए। ललल नेपालमा नसर्ने रोगको बढ्दो प्रकोप दर, मानसिक स्वास्थ्य, सडक दुर्घटना र आत्महत्याको कारण समाज प्रभावित भएको,नसर्ने रोगको उपचार धेरै खर्चिलो, जीवन भर उपचार गर्नुपर्ने झन्झट र यसले स्वयम तथा घरपरिवारमा पर्ने असरलाई कम गर्न, यो कार्यक्रम आयोजना गरिएको कार्यक्रम का प्रमुख अतिथि मा
प्रतिगामी चिन्तनविरुद्ध रूपन्देहीमा सडक कविता’ <br><h3>लोकतन्त्रविरोधी प्रवृत्तिको भण्डाफोर </h3

प्रतिगामी चिन्तनविरुद्ध रूपन्देहीमा सडक कविता’

लोकतन्त्रविरोधी प्रवृत्तिको भण्डाफोर

Posted in नेपाल, लुम्बिनी प्रदेश, समाचार
रूपन्देही । प्रगतिशील लेखक सङ्घ नेपालले रूपन्देहीमा ‘प्रतिगामी चिन्तनविरुद्ध सडक कविता’ कार्यक्रम गरेको छ । तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा आयोजित कार्यक्रममा साहित्यकारहरूले कविता, गजल, मुक्तक, गीत तथा लघुकथामार्फत लोकतन्त्रविरोधी प्रवृत्तिको भण्डाफोर गरे । कार्यक्रममा प्रगतिशील लेखक सङ्घ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष डा. मुरारि पराजुलीले इतिहासमा पछाडि फर्कने प्रयास सधैं असफल हुने भन्दै साहित्यकारहरूले लोकतान्त्रिक चेतना उजागर गर्नुपर्ने आवश्यकता औंल्याए । प्रगतिशील लेखक सङ्घ नेपाल रूपन्देहीका अध्यक्ष कृष्ण गाउँलेले जनताले संघर्ष गरेर उखेलिसकेको व्यवस्थाको पुनरागमन असम्भव भएको भन्दै निरन्तर साहित्यिकलगायतका विभिन्न माध्यमबाट सचेतना अभियान आवश्यक रहेको बताए । नेपाली लेखक सङ्घ रूपन्देहीका अध्यक्ष लीलाधर पाण्डेले साहित्य सिर्जनात्मक प्रतिरोधको बलियो माध्यम भएकाले यसलाई अझ
गुल्मेली सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा डा.नारायणप्रसाद पन्थ

गुल्मेली सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा डा.नारायणप्रसाद पन्थ

Posted in नेपाल, लुम्बिनी प्रदेश, समाचार
गुल्मेली सम्पर्क समाज रुपन्देहीको १७ औं साधारणसभा तथा सातौं अधिवेशनले डा. नारायणप्रसाद पन्थको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। जसको प्रथम उपाध्यक्षमा हेम थापा, द्वितीय उपाध्यक्षमा कविता अर्याल ,उपाध्यक्षमा लक्ष्मण ज्ञवाली ,महासचिवमा राजेन्द्र कुँवर , कोषाध्यक्षमा बोमलाल भण्डारी, सचिवमा भोज खत्री, सहकोषाध्यक्षमा अर्जुनबहादुर कुँवर तथा सदस्यहरूमा तुलसीराम कंडेल ,लक्ष्मण अर्याल , सिर्जना मरासिनी , मोतिलाल गौतम , लक्ष्मी श्रेष्ठ , मन्दिरा शर्मा , माधवप्रसाद ज्ञवाली र कविराज श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो । यस अघि अधिबेशनको उद्घाटन गर्नुहुदै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले सरकारले विनियोजन गरेको बजेटको आधारमा रहेर सकेसम्म धेरै नागरिकलाई विकास र समृद्धि प्रदान गर्ने बताउनु भएको थियो । समाजले समाज सेवाका हिसाबले प्रसंसनीय काम गर्दै आएको