
सेयर कारोबार मापक नेप्से परिसूचक दुई अङ्कले घट्यो
Posted in अर्थतंत्र, ऋणपत्र, जानकारी, टेक्नोलोजी, त्रैमासिक प्रतिवेदन, नेपाल, प्रदेश १, प्रदेश २, बजार, बागमती प्रदेश, बैंक, बोनस, म्युचल फण्ड, शेयर बजार, समाचार, हकप्रद शेयर, होम पेज(uncategorised)
माघ २८, काठमाडौ - सेयर कारोबार मापक नेप्से परिसूचक १०.९८ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ७७.३२ विन्दुमा ओर्लेको छ ।
उक्त दिन कारोबारमा आएकामध्ये ७७ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १६१ वटाको घट्यो भने बाँकी ६ वटा कम्पनीको स्थिर रह्यो ।
७४ हजार ८ सय ६४ पटकको कारोबारमा १ करोड ४४ लाख ४३ हजार ७ सय ६५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ७ अर्ब ९६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।
मंगलबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये व्यापार र अन्य बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।