गुगल म्याप्सले नेपालमा ‘स्ट्रिट भ्यू’ सेवा सुरु गर्यो

Shares

३० साउन,काठमाडौँ –

गुगल म्याप्सले नेपालमा ‘स्ट्रिट भ्यू’ सेवा सुरु गरेको छ। ललितपुरमा आयोजित डिजिटल नेपाल कन्क्लेभ २०२५ को अवसरमा यो सेवा सुरु भएको घोषणा गरिएको हो। अब विश्वको जुनसुकै स्थानबाट पनि प्रयोगकर्ताले गुगल म्याप्सको स्ट्रिट भ्यूमार्फत नेपालका भू–दृश्य र सांस्कृतिक सम्पदा भर्चुअल रूपमा अवलोकन गर्न सक्ने सुविधा पाउनेछन्।

गुगलले जारी गरेको विज्ञप्तिमा यस सेवामार्फत नेपालको वास्तुकला, ऐतिहासिक मन्दिर, दरबार, बजार र परम्परागत जीवनशैलीलाई नजिकबाट हेर्न सकिने उल्लेख छ। यो शुरुवातले नेपाललाई अनुभव गर्ने नयाँ र रोचक माध्यम उपलब्ध गराएको कम्पनीको दाबी छ।

स्ट्रिट भ्यू प्रयोग गरी काठमाडौँका गल्ली, मन्दिर र बजारसम्म भर्चुअल यात्रा गर्न सकिनेछ। ललितपुरमा भइरहेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धन गर्न आयोजना गरिएको आइसिटी फाउन्डेसन नेपालले जनाएको छ।

कन्क्लेभमा डिजिटल शासन, सार्वजनिक पूर्वाधार, स्वास्थ्य, अर्थतन्त्र, सूचना प्रविधि, शक्ति संवादलगायत विषयमा सत्रहरू भएको आयोजकले बताएको छ। कार्यक्रममा सरकार, निजी क्षेत्र, नीति निर्माता, विद्यार्थी, समाजसेवी, उद्यमी र प्राविधिक विज्ञलगायत पाँच सयभन्दा बढी सहभागी छन्। साथै, १५ भन्दा बढी नयाँ डिजिटल परियोजना प्रदर्शनीमा राखिएका छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.