Hajurkopost

विश्वकप क्रिकेटमा इंग्ल्याण्ड १५६ रनमै अलआउट

बिहिबार, कार्तिक ०९, २०८०

Article

कात्तिक १, काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई एक सय ५६ रनमै अलआउट गरेको छ । भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३ ओभर २ बलमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाएको हो । ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा इंग्ल्याण्डले सबै विकेट गुमायो ।

श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २–२ विकेट लिए । इंग्ल्याण्ड र श्रीलंकाले यसअघिका चार खेलमा समान एक/एक खेल जितेका छन् । 


अन्य समाचारहरु:

अर्घाखाँची सैनामैना  सेवा समाजले दशै विशेष सरसफाइ कार्यक्रम सम्पन्न
अर्घाखाँची सैनामैना सेवा समाजले दशै विशेष सरसफाइ कार्यक्रम सम्पन्न

कात्तिक १, बुटवल / अर्घाखाँची सैनामैना सेवा समाज सैनामैनाले दशै विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरेकाे छ । अर्घाखाँची सैनामैना रुपन्देही सेवा समाजले सैनामैना वाड १ले बुटवल उपमहानगर काे सिमाना बौराहा खाेला देखि वाड न २ काे रानिवगिया सम्म काे लाेक माग मा सरसफाइ कार्यक्रम सम्पन्न भएको काे छ । जसकाे अध्यक्ष गाेपाल प्रसाद खनाल कार्यक्रमका प्रमुख अतिथि वाड १ अध्यक्ष भुवन बहादुर क्षेत्री बिशिस्ट अतिथि जनप्रतिनिधि प्रेम लाल भुसाल अतिथि हरुमा सल्लाहकार कार्य समिति एवम् वाड १ बासि अर्घाखाँची बाट रुपन्देहीको सै ना मै ना वाड १ मा बसाेबास गर्नेहरुकाे व्यापाक उपस्थितिमा सम्पन्न भएको छ ।

अर्घाखाँची सैनामैना सेवा समाज रुपन्देही सैनामैना तिजगित कार्यक्रम सम्पन्न
अर्घाखाँची सैनामैना सेवा समाज रुपन्देही सैनामैना तिजगित कार्यक्रम सम्पन्न

१ आश्विन, बुटवल / अर्घाखाँची सैनामैना सेवा समाज रुपन्देही सैनामैना १ ले महिलाहरुकाे महान पर्व हरितालिका तिजकाे अवसरमा तिजगित मिलन कार्यक्रम भव्य रुपमा सन्पन्नगरेकाे छ ।कार्यक्रम समाजका अध्यक्ष गाेपाल प्रसाद खनाल काे अध्यक्षता, अर्घाखाँचीकि चेलि भक्तपुर जिल्लामा कार्यरत डिएसपी लक्ष्मी खनाल काे प्रमुख आतिथ्यता, बिशिस्ट अतिथि वाड न १ जनप्रतिनिधि प्रेम लाल भुसाल लगाएतका अन्य अतिथि बिभिन्न सघ सस्था समाजसेवी , तथा सैनामैना १ वरपरका सयाै दर्शकहरुकाे उपस्थित रहेकाे थियाे ।उक्त कार्यक्रममा तिजगित गाउने तथा उपस्थित सवैलाइ सेवा समाजले दहि केरा खुवाएर सम्मान समेत गरेकाे थियाे । कार्यक्रम समाजका सचिव बाबुराम ज्ञवाली काे सञ्चालनमा सम्पन्न भएको थियाे ।

छत्रदेव इन्जिनियरिङ्ग वर्कशप बुटवलद्दारा वृहत् रुपमा बिस्वकर्मा पुजा सम्पन्न ।
छत्रदेव इन्जिनियरिङ्ग वर्कशप बुटवलद्दारा वृहत् रुपमा बिस्वकर्मा पुजा सम्पन्न ।

१ आश्विन, बुटवल / छत्रदेव इन्जिनियरिङ्ग वर्कशप बुटवल देविनगरमा आज बिस्वकर्मा पुजा आरधाना वृहत् रुपमा सम्पन्न भएको छ । आश्विन १ गतेका दिन नेपालका हरेक ठाउमा बिस्वकर्मा पुजा गरि फलाम र फलाम जन्य वस्तु उत्पादन र विक्रि गरिने ठाउमा आजकाे दिन विस्वकर्मा बाबाकाे पुजा गरिने प्रचलन छ । यसैक्रमा आज छत्रदेव इन्जिनियरिङका सञ्चालक अभिनव भुषालले पनि वृहत् रुपमा पुजाआरधाना गरेका हुन ।उक्त छत्रदेव इन्जिनियरिङ्ग वर्कशपमा खासगरि फलाम र स्टिल वाट निर्माण हुने बुट्टेदार र आवस्यकता अनुसारका निर्माण सामाग्री निर्माण गरिन्छ । ग्रिलसंग सम्वन्धित ट्रस्ट, भवन, सटर, झ्याल, ढाेका, लगाएका सम्पुर्ण काम गरिने वुटवलकाे चर्चित र सुफत मुल्यमा उपलब्ध गराउने ग्रिल उद्योगकाे रुपमा परिचित छ । वुटवल देविनगरकाे वाणिज्य क्याम्पसकाे पुर्विगेट नजिक रहेकाे ग्रिल उद्योगमा करिव २० जना भन्दा वढि कामदारहरुले काम गर्दै व्यावसायलाइ पुर्ण सफलता तिर लगेकाे वताएका छन ।उक्त पुजामा करिव २२ भन्दा वढि माेटरसाइकल र इन्जिनियरिङ वर्कशपकाे पुजा गरिएकाे छ ।