रुसले आफ्नो भेनेरा–डी अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि शुक्र ग्रहलाई पुनः अन्वेषण गर्ने योजना बनाएको छ। यसका लागि प्रारम्भिक तयारी कार्य अघि बढिरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएको छ।
यो मिसन रुसको नयाँ राष्ट्रिय अन्तरिक्ष कार्यक्रमअन्तर्गत रहेको छ। स्पेस रिसर्च इन्स्टिच्युट (आईकेआई) का ग्रह भौतिक विज्ञान विभाग प्रमुख ओलेग कोराबलेभका अनुसार मिसनको प्रारम्भिक डिजाइन कार्य सन् २०२६ जनवरीदेखि सुरु हुनेछ।
मस्यौदा डिजाइन चरण पूरा गर्न करिब दुई वर्ष लाग्ने अनुमान गरिएको छ। यस अवधिमा विभिन्न समन्वय बैठकहरू हुने र लाभोच्किन एसोसिएशनसहित रुसी अन्तरिक्ष उद्योगका अन्य संस्थासँग सहकार्य गरेर काम अघि बढाइने बताइएको छ।
डिजाइन चरण सकिएपछि प्रक्षेपणको मिति निर्धारण गरिनेछ। भेनेरा–डी मिसनमा एक ल्यान्डर, बेलुन प्रोब र कक्षीय अन्तरिक्ष यान रहनेछन्।







1 Comment
good news